नेभिगेशन
मुख्य समाचार

शुशीलाकार्कीलाई वर्तमान संविधानको जगमा टेकेर यथाशीघ्र शपथ गराउः बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा सिफारिस गरिनुलाई सकारात्मक भनेका छन्। उनले पूर्वप्रधानन्यायाधीश कार्कीको छवि स्वच्छ र सक्षम भएकाले उनलाई अन्तरिम सरकार प्रमुखका रूपमा आफू र आफ्नो दलबाट पूर्ण समर्थन रहने बताएका हुन्। 

शुक्रबार विज्ञप्ती जारी गर्दै भट्टराईले कार्कीलाई वर्तमान संविधानको जगमा टेकेर राष्ट्रपति रामचन्द्र पौडेलेल यथाशीघ्र शपथ गराउन माग गरेका छन् । भट्टराईले भनेका छन्, 'अब उहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक रामष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनु पर्छ,' उनले भनेका छन्।

त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ भनेर संविधानविद् र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुने पनि उनले बताएका छन्। भट्टराईले ०६९ मा खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष नियुक्त गरिएको नजीर र अहिलेको अवस्था फरक रहेको पनि प्रष्ट पारेका छन्। 

त्यतिबेला अन्तरिम संविधान २०६३ मा'राजनीतिक सहमतिका आधारमाु कतिपय निर्णय गर्न सकिने' लेखिएको बताए। 

'तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेनजी ले धेरै संवेदनशील भएर सोच्नुपर्छ । अहिलेको आन्दोलनभन्दा पनि ठूलो वलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेनजीको दीर्घकालीन हितमा हुनेछ,' भट्टराईले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन ।
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछ ।
जेन–जी आन्दोलनमा संलग्न ४२९ पक्राउ, १६८ मुद्दा दर्ता

जेन–जी आन्दोलनमा संलग्न ४२९ पक्राउ, १६८ मुद्दा दर्ता

पक्राउ परेका केही धरौटीमा छुटेका छन् भने केही पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स...