नेभिगेशन
समाज

शुशीलाकार्कीलाई वर्तमान संविधानको जगमा टेकेर यथाशीघ्र शपथ गराउः बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा सिफारिस गरिनुलाई सकारात्मक भनेका छन्। उनले पूर्वप्रधानन्यायाधीश कार्कीको छवि स्वच्छ र सक्षम भएकाले उनलाई अन्तरिम सरकार प्रमुखका रूपमा आफू र आफ्नो दलबाट पूर्ण समर्थन रहने बताएका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार विज्ञप्ती जारी गर्दै भट्टराईले कार्कीलाई वर्तमान संविधानको जगमा टेकेर राष्ट्रपति रामचन्द्र पौडेलेल यथाशीघ्र शपथ गराउन माग गरेका छन् । भट्टराईले भनेका छन्, 'अब उहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक रामष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनु पर्छ,' उनले भनेका छन्।

Ncell
Extreme Energy

त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ भनेर संविधानविद् र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुने पनि उनले बताएका छन्। भट्टराईले ०६९ मा खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष नियुक्त गरिएको नजीर र अहिलेको अवस्था फरक रहेको पनि प्रष्ट पारेका छन्। 

त्यतिबेला अन्तरिम संविधान २०६३ मा'राजनीतिक सहमतिका आधारमाु कतिपय निर्णय गर्न सकिने' लेखिएको बताए। 

'तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेनजी ले धेरै संवेदनशील भएर सोच्नुपर्छ । अहिलेको आन्दोलनभन्दा पनि ठूलो वलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेनजीको दीर्घकालीन हितमा हुनेछ,' भट्टराईले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...