नेभिगेशन
मुख्य समाचार

झापामा कर्फ्र्यू जारीः घरबाहिर ननिस्कन प्रशासनको आग्रह

झापा । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले शुक्रबार बिहान १० देखि बेलुका ५ बजेसम्म कर्फ्यू जारी रहेका कारण घर बाहिन ननिस्कन आदेश जारी गरेका छन् । 

उनले सो अवधिमा घरबाट बाहिर निस्कनै पर्ने जरुरी काम भएमा सुरक्षा निकायसँग अनुमति लिएर मात्र निस्कन जारी आदेशमा उल्लेख गरेका हुन । जेनजी आन्दोलनपछि जिल्लामा केही अराजक तत्वले सार्वजनिक र निजी सम्पत्तिको लुटपाट, हत्या हिंसालगायतका घटना गरिरहेका कारण कर्फ्यू जारी राख्नुपरेको बताए । 

हाल कर्फ्यूको अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायतका क्षेत्रमा गस्ती गरिरहेका छन् । उनीहरुले आदेशको उल्लङ्घन गरेर सवारी साधन लिएर बाहिर निस्किएकालाई जताबाट आयो उतै फर्काइरहेका छन् । 

प्रजिअ अधिकारीले बेलुका ५ देखि ७ बजेसम्म सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिदका लागि कर्फ्यू खुकुलो बनाएको बताए । साँझ ७ बजेदेखि पुनः २८ गते बिहान ६ बजेसम्म कर्फ्यू जारी रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स...
महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको विद्युत् नियमन आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको विद्युत् नियमन आयोगको ठहर

आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि सुनवाई गरेको हो । ती उद्योगले प्राधिकरणबाट लिएको डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत्को महशुल तिर्न लामो समयदेखि अटेर गर्दै...
राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

वार्षिक प्रतिवेदनअनुसार आव २०८१र८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ हानी समायोजनअघिको खुद् आय अघिल्लो वर्षको तुलनामा नौ दशमलव ११ प्रतिशतले वृद्धि भई रु ८०...
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...