नेभिगेशन
समाज

झापामा कर्फ्र्यू जारीः घरबाहिर ननिस्कन प्रशासनको आग्रह

झापा । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले शुक्रबार बिहान १० देखि बेलुका ५ बजेसम्म कर्फ्यू जारी रहेका कारण घर बाहिन ननिस्कन आदेश जारी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सो अवधिमा घरबाट बाहिर निस्कनै पर्ने जरुरी काम भएमा सुरक्षा निकायसँग अनुमति लिएर मात्र निस्कन जारी आदेशमा उल्लेख गरेका हुन । जेनजी आन्दोलनपछि जिल्लामा केही अराजक तत्वले सार्वजनिक र निजी सम्पत्तिको लुटपाट, हत्या हिंसालगायतका घटना गरिरहेका कारण कर्फ्यू जारी राख्नुपरेको बताए । 

Ncell
Extreme Energy

हाल कर्फ्यूको अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायतका क्षेत्रमा गस्ती गरिरहेका छन् । उनीहरुले आदेशको उल्लङ्घन गरेर सवारी साधन लिएर बाहिर निस्किएकालाई जताबाट आयो उतै फर्काइरहेका छन् । 

प्रजिअ अधिकारीले बेलुका ५ देखि ७ बजेसम्म सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिदका लागि कर्फ्यू खुकुलो बनाएको बताए । साँझ ७ बजेदेखि पुनः २८ गते बिहान ६ बजेसम्म कर्फ्यू जारी रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...