नेभिगेशन
मुख्य समाचार

कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू

कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले दिउँसो निषेधाज्ञा, राति कर्फ्यू आदेश जारी गरेको छ ।

बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी आदेशमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू आदेश जारी गरिएको हो । आदेशमा महेन्द्रनगर बजारको तीन किलोमिटर क्षेत्र, पूर्वपश्चिम राजमार्गको दायाँबायाँ तीन किलोमिटर क्षेत्र र जिल्लाको बेलौरी पुनर्वास, बेलडाँडी तथा लालझाडी गाउँपालिकाको केन्द्रभित्रका बजार क्षेत्रमा निषेधाज्ञा लागू गरिएको प्रजिअ ढकालले जानकारी दिए । 

उनका अनुसार साँझ ७ देखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो भने बिहान ६ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी रहने छ । अत्यावश्यक कामका लागि बिहान ६ देखि १० बजेसम्म र अपराह्न ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने ढकालले बताए । 

जिल्लाको शान्तिसुरक्षालाई मध्यनजर गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१), ६(३) र ६(क) बमोजिम कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको छ । प्रशासनले अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ ६ (१), ६(३) बमोजिम निषेधाज्ञा र ६९क० बमोजिम कर्फ्यू आदेश गरेको जनाएको छ ।  

उक्त अवधिमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक निजी तथा सार्वजनिक यातायातका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञा जारी भएको समय र क्षेत्रमा अत्यावश्यक सेवाका सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवार सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन, हवाई टिकटका आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स...
महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको विद्युत् नियमन आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको विद्युत् नियमन आयोगको ठहर

आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि सुनवाई गरेको हो । ती उद्योगले प्राधिकरणबाट लिएको डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत्को महशुल तिर्न लामो समयदेखि अटेर गर्दै...
राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

वार्षिक प्रतिवेदनअनुसार आव २०८१र८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ हानी समायोजनअघिको खुद् आय अघिल्लो वर्षको तुलनामा नौ दशमलव ११ प्रतिशतले वृद्धि भई रु ८०...
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...