नेभिगेशन
समाज

कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू

कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले दिउँसो निषेधाज्ञा, राति कर्फ्यू आदेश जारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी आदेशमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू आदेश जारी गरिएको हो । आदेशमा महेन्द्रनगर बजारको तीन किलोमिटर क्षेत्र, पूर्वपश्चिम राजमार्गको दायाँबायाँ तीन किलोमिटर क्षेत्र र जिल्लाको बेलौरी पुनर्वास, बेलडाँडी तथा लालझाडी गाउँपालिकाको केन्द्रभित्रका बजार क्षेत्रमा निषेधाज्ञा लागू गरिएको प्रजिअ ढकालले जानकारी दिए । 

Ncell
Extreme Energy

उनका अनुसार साँझ ७ देखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो भने बिहान ६ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी रहने छ । अत्यावश्यक कामका लागि बिहान ६ देखि १० बजेसम्म र अपराह्न ५ देखि ७ बजेसम्म आवतजावत गर्न सकिने ढकालले बताए । 

जिल्लाको शान्तिसुरक्षालाई मध्यनजर गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१), ६(३) र ६(क) बमोजिम कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको छ । प्रशासनले अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ ६ (१), ६(३) बमोजिम निषेधाज्ञा र ६९क० बमोजिम कर्फ्यू आदेश गरेको जनाएको छ ।  

उक्त अवधिमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक निजी तथा सार्वजनिक यातायातका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञा जारी भएको समय र क्षेत्रमा अत्यावश्यक सेवाका सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवार सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन, हवाई टिकटका आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...