नेभिगेशन
मुख्य समाचार

सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

झापा । ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौँस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन र सुरज कामत रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार लागूऔषध ओसारपसारमा कसुर ठहरी कैद सजाय भुक्तान गरिरहेकी खातुन गत भदौ २४ गते आन्दोलनका क्रममा भागेकी थिइन् । उनलाई प्रहरीले गएराति भारत भाग्न लागेको समयमा भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन थापाको कमान्ड र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा रहेको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलस्थित सीमा इलाकाबाट खातुनलाई  पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकी खातुनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ ।

त्यस्तै आन्दोलनका क्रममा  फरार भएका अर्का एक युवक सीमावर्ती भारतीय क्षेत्रमा पक्राउ परेका छन् । बुधबार राति भारत–नेपाल सीमामा रहेको पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ का सुरज कामत रहेका छन् । भारतीय प्रहरीले सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर उनलाई नेपाल प्रहरीको जिम्मा लगाएको बताइएको छ । कामत  नेपाल–भारत सीमावर्ती पिलर सङ्ख्या १५४ देखि करिब २०० मिटरभित्र पक्राउ परेका हुन् ।

नेपालको आमवारी हुँदै ई–रिक्सा र पैदल मार्फत उनी भारतीय सीमामा प्रवेश गरेका थिए । लागूऔषधको अभियोगमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाएसँगै थप अनुसन्धान भइरहेको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै