नेभिगेशन
समाज

सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

झापा । ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौँस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन र सुरज कामत रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार लागूऔषध ओसारपसारमा कसुर ठहरी कैद सजाय भुक्तान गरिरहेकी खातुन गत भदौ २४ गते आन्दोलनका क्रममा भागेकी थिइन् । उनलाई प्रहरीले गएराति भारत भाग्न लागेको समयमा भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

Ncell
Extreme Energy

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन थापाको कमान्ड र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा रहेको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलस्थित सीमा इलाकाबाट खातुनलाई  पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकी खातुनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ ।

त्यस्तै आन्दोलनका क्रममा  फरार भएका अर्का एक युवक सीमावर्ती भारतीय क्षेत्रमा पक्राउ परेका छन् । बुधबार राति भारत–नेपाल सीमामा रहेको पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ का सुरज कामत रहेका छन् । भारतीय प्रहरीले सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर उनलाई नेपाल प्रहरीको जिम्मा लगाएको बताइएको छ । कामत  नेपाल–भारत सीमावर्ती पिलर सङ्ख्या १५४ देखि करिब २०० मिटरभित्र पक्राउ परेका हुन् ।

नेपालको आमवारी हुँदै ई–रिक्सा र पैदल मार्फत उनी भारतीय सीमामा प्रवेश गरेका थिए । लागूऔषधको अभियोगमा उनले कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाएसँगै थप अनुसन्धान भइरहेको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...