नेभिगेशन
समाज

यातायात र सडक विभाग भवनको आगो निभाइँदै

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभागको भवनमा लागेको आगो दमकलको सहयोगमा निभाउन थालिएको छ । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा मङ्गलबार यी दुई विभागका भवनमा पनि आगजनी गरिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले मन्त्रालयको भवनमा खासै क्षति नभए पनि मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभाग भने जलेर सखाप भएको जानकारी दिए । “अहिले पनि यी भवनभित्र आगो बलिरहेको छ । ललितपुर महानगरपालिकाको दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको छ,” उनले भने, “भवन मात्रै होइन गाडीहरू पनि जलेका छन् । कति गाडी जले र भवनको क्षति कति भयो भन्ने विवरण आइसकेको छैन ।”

Marvel
Extreme Energy

प्रवक्ता अधिकारीका अनुसार क्षतिको विवरण छिट्टै सङ्कलन हुनेछ । सिंहदरबारका कलात्मक प्राशासनिक भवनहरू आगलागीका कारण खरानीमा परिणत भएका छन् । प्रदर्शनकारीले सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका विभिन्न मुख्य सरकारी संरचनामा आगजनी गरेका थिए । 

सिंहदरबार पुगेका कर्मचारीले जलेका भवनको सरसफाइ गर्न थालेका छन् । मुख्य सचिव एकनारायण अर्यालले आजै जलेका भवनको स्थलगत अवलोकन गरेका थिए । प्रदर्शनकारीले सरकारी भवन र कार्यालयलाई निसाना बनाउँदा अपूरणीय भौतिक क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

अस्ट्रेलियाको दक्षिणपूर्वी फ्लिन्डर्स टापुको १० प्रतिशतभन्दा बढी भूभागमा फैलिएको डढेलोले कम्तीमा छवटा घरमा क्षति पुर्‍याएको छ। आगलागीका कारण सडक बन्द गर्नुका साथै स्थानीय वन्यजन्तु विस्थापित भएका छन्।
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ ।
स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी नेपाली रकम र विदेशी मुद्रासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पहेँलपुर शङ्खु  (तस्बिर कथा)

पहेँलपुर शङ्खु (तस्बिर कथा)

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ शङ्खु यतिबेला पहेँलपुर बनेको छ। खेतबारीमा फुलेका तोरीका पहेँला फूलले गाउँको प्राकृतिक सौन्दर्यमा थप निखारता ल्याएका छन्। डाँडाकाँडा र पहाडी ग्राम्य बस्तीका बीचमा लहलहाउँदो...