नेभिगेशन
समाज

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट निस्केका सिसाजन्य फोहरलाई अन्य फोहरसँग नमिसाउन सम्बन्ध सबैसँग आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कामपा वातावरण विभागका प्रमुख सरिता राईले शुक्रबार एक सूचना जारी गर्दै सिसाजन्य फोहरलाई सामान्य फोहरसँगै ल्याण्डफिल साइड पुर्‍याउन नमिल्ले भएकाले नमिसाउन आग्रह गरेकी छन् । 

Ncell
Extreme Energy

फोहर सङ्कलनसँग सम्बन्धित निजी क्षेत्र, व्यक्ति संस्था तथा सरकारी कार्यालयलाई सामान्य फोहरसँग सिसाजन्य वस्तु मिसाउँदा समस्या हुने भएकाले सूचनामार्फत जानकारी दिइएको वातावरण विभाग प्रमुख राईले बताए ।

सिसाजन्य फोहरलाई छुट्टै सङ्कलन गरी आफ्नै घरको परिसर वा कार्यलय परिसरभित्र सुरक्षित रूपमा राख्न कामपाले सबै सरोकार भएका निकायलाई आग्रह गरेको हो ।

यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा सडकबाट निस्केका फोहर व्यवस्थापनको काममा अहिले कामपा लागिरहेको प्रमुख राईले जानकारी दिए । उनका अनुसार सडक सफा गर्ने काम सकेपछि कामपाले व्यक्तिको घर तथा कार्यालय सफा गर्न सुरु गर्नेछ । यसैबीच, फोहर व्यवस्थापन गरिदिनका लागि कामपालाई विभिन्न सङ्घ संस्थाहरूले आग्रह गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...