नेभिगेशन
समाज

आन्दोलनमा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ ।  ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीसहितका केहीकोे आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त आन्दोलनमा ज्यान गुमाएका सिन्धुली स्थायी ठेगाना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राई, दार्चुला लेकम ठेगाना भएका प्रहरी जवान उत्तम थापा, बझाङ स्थायी ठेगाना भएका जेनजी युवा सुवास बोहरालगायतको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

Ncell
Extreme Energy

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षणपछि शुक्रबार पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिएको हो । प्रसनि राई र प्रहरी जवान थापालाई नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, दानबहादुर कार्की, डा मनोज केसीलगायतका प्रहरी अधिकारीले शुक्रबार पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

जेनजी प्रदर्शनका क्रममा देशभरमा प्रहरीसहित मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको जनाइएको छ । जसमा तीन प्रहरी, एक भारतीय महिलासहित छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...