नेभिगेशन
मुख्य समाचार

आन्दोलनमा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ ।  ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीसहितका केहीकोे आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उक्त आन्दोलनमा ज्यान गुमाएका सिन्धुली स्थायी ठेगाना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राई, दार्चुला लेकम ठेगाना भएका प्रहरी जवान उत्तम थापा, बझाङ स्थायी ठेगाना भएका जेनजी युवा सुवास बोहरालगायतको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षणपछि शुक्रबार पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिएको हो । प्रसनि राई र प्रहरी जवान थापालाई नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, दानबहादुर कार्की, डा मनोज केसीलगायतका प्रहरी अधिकारीले शुक्रबार पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

जेनजी प्रदर्शनका क्रममा देशभरमा प्रहरीसहित मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको जनाइएको छ । जसमा तीन प्रहरी, एक भारतीय महिलासहित छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै