नेभिगेशन
समाज

‘सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन’

काठमाडौँ । सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो । शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन ।
 
जेनजी प्रदर्शनबाट तोडफोड र आगजनी भएका विभिन्न मन्त्रालयका परिसरमा सवारीसाधन ‘भग्नावशेष’ का रूपमा रहेका छन् । आफूले काम गर्दै आएको मन्त्रालय तथा कार्यालय आगजनीबाट ध्वस्त भएपछि कर्मचारीमा त्रास र निराशाको अवस्था देखिन्थ्यो । राष्ट्रका सम्पत्ति, जलेका मन्त्रालयका भवन र सवारीसाधनको भग्नावशेष देखेर आफूहरूको मन कुँडिएको कर्मचारीको दुःखेसो थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगजनीबाट धेरै मन्त्रालयका सवारीसाधन नष्ट भएपछि माथिल्लो तहका कर्मचारीसमेत मोटरसाइकल र स्कुटरमा कार्यालय पुगेका थिए । शिक्षा मन्त्रालयको भुँइतलामा रहेको राष्ट्रिय सतर्कता केन्द्रको आधा भाग जलेर नष्ट भएकाले भित्र प्रवेश गरी क्षतिको वास्तविक आँकडा यकिन गर्न कठिन भएको प्रवक्ता नारायणप्रसाद भट्टले बताए ।
 
मूल प्रशासनिक केन्द्रका रूपमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनीका कारण क्षति भएपछि गृह मन्त्रालयको नवनिर्मित भवनमा सार्ने तयारी गरिएको छ । त्यसका लागि कर्मचारीहरू बचेखुचेका कम्प्युटर, ल्यापटप, कागजातलगायत सामग्री सार्न व्यस्त देखिए ।

Marvel
Extreme Energy

सिंहदरबारको पश्चिम खण्डको मूलभागमा चार दिनदेखि सल्किरहेको धुवाँको मुस्लो निस्किरहेको थियो भने आगो नियन्त्रणका लागि वारुणयन्त्रले पानीको फोहोरा हानिरहेको थियो । आगजनी गरिएका मन्त्रालयमा प्रवेश गर्न सुरक्षाका हिसाबले जोखिम देखिएपछि कर्मचारीहरू बाहिरै बसेर फर्किएका थिए ।
 
गृह मन्त्रालयका एक कर्मचारीले भने, “निर्देशनानुसार मन्त्रालयमा उपस्थिति भइयो, पेटीमा बसेर हाजिर गरियो, मन्त्रालय ध्वस्त भएको छ, के कति क्षति भयो, यकिन हुन सकेको छैन ।” आगजनीबाट भएको क्षतिको पहिचान गर्ने, विवरण सङ्कलन तथा तथ्याङ्क बुझ्ने काम भइरहेको छ ।
 
सिंहदरबार परिसरमा सञ्चारकर्मीको प्रवेशलाई सहज तुल्याइएपछि भग्नावशेषको तस्बिर लिन पुगेका फोटो पत्रकारको सङ्ख्या उल्लेख्य देखियो । सिंहदरबारभित्रका मन्त्रालय र सडकको सरसफाइ क्रमशः सुरु गरिएको छ भने तोडफोड भएका सामग्रीको व्यवस्थापन आरम्भ भएको छ ।

सिंहरबार बाहिर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि आगजनीबाट क्षतिग्रस्त भएको छ । देशको एकमात्रै फरक डिजाइनको उक्त भवनमा घटना भएको चौथो दिनसम्म पनि आगो निभेको छैन । स्वास्थ्य सचिव डा विकास देवकोटाले भवन जलेर नष्ट भएकाले आफूहरूले ‘भर्चुअल’ माध्यमबाट काम प्रारम्भ गरेको बताए ।
 
आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रमा बढी क्षति भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

अस्ट्रेलियाको दक्षिणपूर्वी फ्लिन्डर्स टापुको १० प्रतिशतभन्दा बढी भूभागमा फैलिएको डढेलोले कम्तीमा छवटा घरमा क्षति पुर्‍याएको छ। आगलागीका कारण सडक बन्द गर्नुका साथै स्थानीय वन्यजन्तु विस्थापित भएका छन्।
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ ।
स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

स्रोत नखुलेको ५० लाखसहित २० वर्षीया युवती र माल्दिभ्सका नागरिक पक्राउ

स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी नेपाली रकम र विदेशी मुद्रासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पहेँलपुर शङ्खु  (तस्बिर कथा)

पहेँलपुर शङ्खु (तस्बिर कथा)

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२ शङ्खु यतिबेला पहेँलपुर बनेको छ। खेतबारीमा फुलेका तोरीका पहेँला फूलले गाउँको प्राकृतिक सौन्दर्यमा थप निखारता ल्याएका छन्। डाँडाकाँडा र पहाडी ग्राम्य बस्तीका बीचमा लहलहाउँदो...