नेभिगेशन
मुख्य समाचार

सुशीला कार्की क्याबिनेटमा कुलमान देखि ओमप्रकाश र रामेश्वर मन्त्री, सोमबार शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा कुलमान घिसिङसहित तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ नियुक्त भएको बालुवाटर स्रोतले जनाएको छ । उनीहरुको शपथ सोमबार बिहान मात्रै हुने जनाइएको छ । 

गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् ।उनी यसअघि काठमाडौँ महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहाकार थिए । यस्तै अर्थमन्त्री रामेश्वर खनाल पूर्व सचिव हुन् । 
यस्तै उर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुन् । उनको कार्यकाल बाँकी हुँदै तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले बर्खास्त गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

उल्लेखित नामहरु दल दर्ताको प्रक्रियामा रहेको पार्टी हुन् । यीनिहरु बाहेक थप सात वटा राजनीतिक दलले दर्ता भएर प्रमाणपत्र लिइसकेका छन् ।
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

आइतबार गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउनुहुँदै मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने...
सिधनियाघाट स्थित राप्ती नदीको पुल निर्माणको कार्यले गति लिदैं

सिधनियाघाट स्थित राप्ती नदीको पुल निर्माणको कार्यले गति लिदैं

करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ । हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आइतबार नेप्से परिसूचक पाँच दशमलव १५ प्रतिशतले घटेर दुई हजार ५४० दशमलव ५७ को बिन्दुमा कायम भएको हो । आइतबार विभिन्न कम्पनीका ३३७ कम्पनीको ७९ लाख ५७ हजार...