नेभिगेशन
मुख्य समाचार

बालुवाटारमा सुदन समुहको आक्रोशः 'हाम्रो आन्दोलन हाइज्याक भयो, प्रधानमन्त्रीलाई थुतेर निकाल्छौँ'

काठमाडौँ । आइतबार राति प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तार गरेसँगै जेन्जी आन्दोलन गर्नेहरुले आपत्ती जनाएका छन् । 
प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगर मेयर बालेन शाहका कानुनी सल्लाहाकार अधिवक्ता ओमप्रकाश अर्याल, पूर्व अर्थसचिव रामेश्वर खनाल र विद्युत प्राधिकरणका पूर्व कार्यकारी निदेर्शक कुलमान घिसिङलाई मन्त्री नियुक्त गरेकी थिइन् । 
भित्र मन्त्रिपरिषद् विस्तार चलिरहँदा बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास बाहिर जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुले दिउँसोदेखि नै धर्ना दिएका थिए । 
उनीहरुसँग धर्नास्थलमा पुगेका हामी नेपालका संयोजक सुदन गुरुङसहित जेनजी आन्दोलनका अगुवाहरुले मृतकका आफन्तको माग सरकारले पुरा गर्न नसकेको भन्दै आक्रोश पोखेका थिए । 
त्यसक्रममा मृतकका आफन्तहरुले सरकार विरुद्ध नाराबाजी गरेका थिए । 

नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।

उनीहरुकै नाराबाजी बिच  सुदन गुरुङले प्रधानमन्त्रीलाई थुतेर निकालिदिन्छु भनेका थिए । उनले भनेका थिए, ‘"सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्ट पोखेका थिए । उनले मन्त्री नियुक्त भएका बालेनका कानुनी सल्लाहाकार ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोख्दै भनेका ‘">यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ ।
साथै उनीहरुले जेनजी आन्दोलन ">हाइज्याक भएको भन्दै आक्रोश पोखका छन् । सुदन  नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

उल्लेखित नामहरु दल दर्ताको प्रक्रियामा रहेको पार्टी हुन् । यीनिहरु बाहेक थप सात वटा राजनीतिक दलले दर्ता भएर प्रमाणपत्र लिइसकेका छन् ।
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

आइतबार गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउनुहुँदै मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने...
सिधनियाघाट स्थित राप्ती नदीको पुल निर्माणको कार्यले गति लिदैं

सिधनियाघाट स्थित राप्ती नदीको पुल निर्माणको कार्यले गति लिदैं

करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ । हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आइतबार नेप्से परिसूचक पाँच दशमलव १५ प्रतिशतले घटेर दुई हजार ५४० दशमलव ५७ को बिन्दुमा कायम भएको हो । आइतबार विभिन्न कम्पनीका ३३७ कम्पनीको ७९ लाख ५७ हजार...