नेभिगेशन
समाज

बालुवाटारमा सुदन समुहको आक्रोशः 'हाम्रो आन्दोलन हाइज्याक भयो, प्रधानमन्त्रीलाई थुतेर निकाल्छौँ'

काठमाडौँ । आइतबार राति प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तार गरेसँगै जेन्जी आन्दोलन गर्नेहरुले आपत्ती जनाएका छन् । 
प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगर मेयर बालेन शाहका कानुनी सल्लाहाकार अधिवक्ता ओमप्रकाश अर्याल, पूर्व अर्थसचिव रामेश्वर खनाल र विद्युत प्राधिकरणका पूर्व कार्यकारी निदेर्शक कुलमान घिसिङलाई मन्त्री नियुक्त गरेकी थिइन् । 
भित्र मन्त्रिपरिषद् विस्तार चलिरहँदा बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास बाहिर जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुले दिउँसोदेखि नै धर्ना दिएका थिए । 
उनीहरुसँग धर्नास्थलमा पुगेका हामी नेपालका संयोजक सुदन गुरुङसहित जेनजी आन्दोलनका अगुवाहरुले मृतकका आफन्तको माग सरकारले पुरा गर्न नसकेको भन्दै आक्रोश पोखेका थिए । 
त्यसक्रममा मृतकका आफन्तहरुले सरकार विरुद्ध नाराबाजी गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।

Ncell
Extreme Energy

उनीहरुकै नाराबाजी बिच  सुदन गुरुङले प्रधानमन्त्रीलाई थुतेर निकालिदिन्छु भनेका थिए । उनले भनेका थिए, ‘"सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्ट पोखेका थिए । उनले मन्त्री नियुक्त भएका बालेनका कानुनी सल्लाहाकार ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोख्दै भनेका ‘">यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ ।
साथै उनीहरुले जेनजी आन्दोलन ">हाइज्याक भएको भन्दै आक्रोश पोखका छन् । सुदन  नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपदमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

विपदमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै