नेभिगेशन
मुख्य समाचार

संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । 

सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना जारी गरी सङ्घीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो । 

सचिवालयले भनेको छ, “उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओरसूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

उल्लेखित नामहरु दल दर्ताको प्रक्रियामा रहेको पार्टी हुन् । यीनिहरु बाहेक थप सात वटा राजनीतिक दलले दर्ता भएर प्रमाणपत्र लिइसकेका छन् ।
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

आइतबार गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थिति जनाउनुहुँदै मन्त्री अर्यालले कर्मचारीहरूले सक्रियतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आगामी निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने...
सिधनियाघाट स्थित राप्ती नदीको पुल निर्माणको कार्यले गति लिदैं

सिधनियाघाट स्थित राप्ती नदीको पुल निर्माणको कार्यले गति लिदैं

करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ । हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आइतबार नेप्से परिसूचक पाँच दशमलव १५ प्रतिशतले घटेर दुई हजार ५४० दशमलव ५७ को बिन्दुमा कायम भएको हो । आइतबार विभिन्न कम्पनीका ३३७ कम्पनीको ७९ लाख ५७ हजार...