नेभिगेशन
मुख्य समाचार

मानवअधिकार आयोगको नौ बुँदे आह्वान

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलल सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परीक्षण, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायत कार्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

“देश, जनता, लोकतन्त्र, मानवअधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकार भएकाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउनु जरुरी छ”, विज्ञप्तिमा भनिएको छ, “अन्यौलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पुर्‍याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्नुपर्छ ।”

आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्प्रेषण गर्न, द्वन्द्व र हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन र आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रियाअनुरूप शिष्टतापूर्वक राख्न आयोगले आग्रह गरेको छ ।

विकसित परिस्थितिमा आमनागरिकको मानवअधिकारको उपभोगमा आइपर्ने अवरोध पहिचान गरी त्यस्ता अवरोध हटाउन प्रभावकारी कार्य गर्नुपर्ने र सङ्कटको अवस्थामा हुनसक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गर्न आयोगको आग्रह छ । दैनिक उपभोग्य सामग्री र सेवालाई सहज रूपले सञ्चालन गर्ने आवतजावतलाई सहज बनाउनुपर्नेमा जोड दिएको छ ।

“प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षति विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवा प्रवाहमा जोड दिनुपर्छ”, विज्ञप्तिमा भनिएको छ, “सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै सङ्घसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको आफ्नो दायित्व पूरा गर्नुपर्छ ।”      

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि, कुलमान, बालेन, हर्क लगायत नयाँ शक्तिलाई एक हुन सुदन गुरुको आह्वान

रवि, कुलमान, बालेन, हर्क लगायत नयाँ शक्तिलाई एक हुन सुदन गुरुको आह्वान

सम्पूर्ण नेपाली जनताको एउटै चाहना रहेको र त्यसका लागि उहाँहरु सबै एकै ठाउँमा सँगै उभिन उनले आग्रह समेत गरेरका छन् । गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको...
जेन-जी अभियन्ता किशोरी कार्कीले दिइन् आयोगमा पार्टी दर्ताका लागि निवेदन, चिन्ह 'माटोको चुलो'

जेन-जी अभियन्ता किशोरी कार्कीले दिइन् आयोगमा पार्टी दर्ताका लागि निवेदन, चिन्ह 'माटोको चुलो'

जेनजी अभियन्ता किशोरी कार्कीले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी छिन् । आन्दोलनका घाइतेलाई अस्पताल पुर्‍याएर भाइरल भएकी कार्कीले नवनिर्माण पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको...
सवारी दुर्घटनाका कारण झापामा चार महिनाको अवधिमा १७ जनाको मृत्यु

सवारी दुर्घटनाका कारण झापामा चार महिनाको अवधिमा १७ जनाको मृत्यु

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।