नेभिगेशन
मुख्य समाचार

उच्च मनोवलका साथ ट्राफिक व्यवस्थापनमा खटिएकाछौँः उपत्यका ट्राफिक प्रहरी प्रमुख अधिकारी

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोवलका साथ ट्राफिक प्रहरीहरु ट्राफिक व्यवस्थापनमा खटिसकेको जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले युवाहरुको आन्दोलनका कारण उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएपनि ट्राफिक प्रहरीहरु ट्राफिक व्यवस्थापनमा खटिसकेको जानकारी दिए ।

सडकका डिभाइडर, ट्राफिक बत्ति, सिसिटिभिमा समेत क्षति पुगेको उनले बताएका छन् । उनले तत्कालका लागि सवारी आवागमनमा समस्या हुने देखिएका कारण पहिले भन्दा बढि संख्यामा ट्राफिक प्रहरी खटाइएको उल्लेख गरेका छन् । अधिकारीले सवारी चालकहरुले ट्राफिक नियम पालना गरे थप सहज हुने जिकिर गरेका हुन ।

आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आगजनी हुनुका साथै बाहिर रहेका सवारी साधान समेत जलेर ध्वस्त भएका छन् । अहिले सोहि स्थानमा सरसफाइ गरेर सीमित ठाँउबाट काम भइरहेको  कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुक्न थालेपछि किसान वैकल्पिक खेती तर्फ अग्रसर

पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका पर्वतका किसान...
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बा.प्र०३–००५प.७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आइतबार बिहान खस्दा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि...
नयाँ राजनीतिक दल दर्ताका लागि आज अन्तिम दिन

नयाँ राजनीतिक दल दर्ताका लागि आज अन्तिम दिन

आजसम्म दल दर्ताको प्रमाणपत्र लिने दल मात्रै आगामी निर्वाचनमा सहभागी हुन पाउने छन् । आजसम्म प्रमाणपत्र लिने दलले मात्रै आयोगमा फेरी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनका लागि...
महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन

महायज्ञमा शुक्रबार मात्र रु एक करोड ३४ लाख सङ्कलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम एक करोड ६२ लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले...