नेभिगेशन
समाज

गगन भन्छन्ः सरकार अलमलियो भने खबरदारी गरौँ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अन्तरिम सरकारलाई तोकिएको समयमा निर्वाचन सुनिश्चित गराउन कांग्रेसले सहयोग गर्ने बताएका छन् । साथै उनले अहिले निष्पक्ष निर्वाचन र संविधान रक्षा प्रमुख जिम्मेवारी भएको बताएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार नेपाली कांग्रेसका नेता कार्यकर्तालाई सम्बोधन गर्दै फेसबुकमा राखेको पोस्टमा उनले भनेका छन्,'निर्वाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं,कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्र्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नबिर्सौं।'

Ncell
Extreme Energy

उनले पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता भएको समेत उल्लेख गरेका छन्  । 'पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरू गरौं,' उनले आह्वान गरेका छन्, 'जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्वचयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ।'

पार्टीमा सुधारका लागि पदीय जिम्मेवारी छोडेर पनि तयार हुँदै नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्ने उनको जिकिर छ। जसका लागि आफू महामन्त्री पद छाड्न तयार रहेको उनले बताए। 'यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु। यसमा छलफल सुरू गरौं। स्वीकार गरौं-गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममूल्यांकन र आत्मसंकल्प गरौं' उनले भनेका छन्। 

अब नेपाली कांग्रेसले अगाडि लिनुपर्ने बाटोको सम्बन्धमा उनले राखेको प्रस्ताव:

१.  अन्तरिम सरकार गठनसँगै प्रतिनिधि सभा विघटन र निर्धारित समयमा निर्वाचन हुन नसक्दा उत्पन्न हुने रिक्तता राजनीतिक मात्र नभएर संवैधानिक विषय पनि हो। त्यसैले ढिलो चाँडो यो निर्णयको संवैधानिक निरूपण हुने नै छ।

२.  आन्दोलनपश्चात आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौं। अन्तरिम सरकार गठन भैसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्वाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं। कहीँकतै यो मूल जिम्मेवारीबाट सरकार विचलित भयो वा अलमलियो भने खबरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्र्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नबिर्सौं।    

३.  प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभार स्थानीय सरकार कायम छन्। संविधानका आधारभूत मूल्य र लोकतान्त्रिक संस्थालाई जोगाउन सचेत खबरदारी गर्नु नै हाम्रो मूल जिम्मेवारी हो।

४. ⁠ नेपाली कांग्रेसले भदौ २३ गते राज्यद्वारा गरिएको दमन अक्षम्य ठहर गर्दै छानबिनमा सहयोग र दोषीलाई कानून अनुसार दण्डित गराउने प्रतिबद्धता जनाइसकेको छ। त्यसैगरी भदौ २४ र त्यसपश्चातको विध्वंश र आगजनीको वास्तविक क्षति आंकलन गरी दोषीलाई दण्डित गर्न निरन्तर दबाब जारी राख्नुपर्छ।

६.  संघमा राजनीति कहिले सहज होला भनेर नकुरीकन प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माण तत्काल प्रारम्भ गर्नुपर्छ। नागरिक सेवाप्रवाहमा कुनै कमी हुन नदिन कोभिड महाव्याधिमा जस्तै स्थानीय सरकार, समुदाय र नागरिक समाजसँग सहकार्य गर्दै व्यवस्थापन गर्न अग्रसर हुनुपर्छ। हाम्रो समाज, संविधान र संघीयताको यो आत्मीय पक्षलाई आत्मसात गर्दै पार्टीका सबै तहगत समिति र सदस्यले यथासक्य सघाउन आग्रह गर्दछु।

६.  पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवस कै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरू गरौं। जेन-जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि हाम्रा मुद्दा र शैली सबैमा आमूल सुधार जरूरी छ। हामीले अहिले जे र जसरी गरिरहेका छौं त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण आरम्भ  हुँदैन। पार्टीमा आमूल सुधारका लागि हामीले आफ्नो पदीय जिम्मेवारी छोडेर पनि तयार हुनुपर्छ, नयाँ जोखिम उठाउनका निम्ति तयार रहनुपर्छ। यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु। यसमा छलफल सुरू गरौं। स्वीकार गरौं-गल्ती भएको छ अनि आत्मसमीक्षा, आत्ममूल्याङ्कन र आत्मसंकल्प गरौं।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षौँदेखि सिंहदरबारमा डेरा जमाएका 'दलका कर्मचारी नेता'माथि सरकारको एक्सन, दुर्गम क्षेत्रमा सरुवा

वर्षौँदेखि सिंहदरबारमा डेरा जमाएका 'दलका कर्मचारी नेता'माथि सरकारको एक्सन, दुर्गम क्षेत्रमा सरुवा

निजामति सेवामा कुनै पनि दल पेशागत संगठन खारेज गर्ने निर्णय गरेको सरकारले साविकका सङ्गठनका  नेताहरुलाई दुर्गम क्षेत्रमा खटाएको हो।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

जिम्मा लिएको काम समयमै पूरा नगर्ने ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

अनुगमन कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा...
बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव,  केमोथेरापी नै प्रभावित

बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव, केमोथेरापी नै प्रभावित

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले कार्बोप्लाटिन र सिसप्लाटिन आफूहरुकहाँ नरहेको बताए । उनले यसबारेमा स्वास्थ्य मन्त्रालय जानकारी गराएको बताउँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई पनि पठाई...

भर्खरै