नेभिगेशन
समाज

उच्च मनोवलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्री अर्यालकाे आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोवलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार युवाहरुको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरिक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोवलका साथ आफ्नो काममा खटिन आग्रह गरेका हुन ।

Ncell
Extreme Energy

गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी लगाएतले ट्राफिक प्रहरी कार्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए । 

गृहमन्त्री अर्यालले अहिलेको भवनबाटै सेवा सुरु गर्न निर्देशन दिदै सरकारका तर्फबाट पूर्ण रुपमा सहयोग हुने प्रतिवद्धता जनाएका छन् । शान्ति सुरक्षा, सुशासन लगाएतका कुरामा सरकार गम्भीर भएर अघि बढ्ने उनले बताए ।

उनले अब छिटै सवै कुरा लयमा फर्कने विश्वास व्यक्त गरे । अहिलेको सरकारले कसैमाथि पनि पक्षपात नगर्ने र निष्पक्ष रुपमा निर्वाचन गर्ने उनले बताए ।

जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएको छ भने कार्यालय परिसरमा रहेका सवारीसाधान पनि जलेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...