नेभिगेशन
समाज

सेवालाई थप प्रभावकारी बनाउने विषयमा सरोकारवालासंग यातायात विभागको छलफल

काठमाडौँ । यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सवै तयारी भएको जनाएको छ । 
मंगलबार बिभागमा यातायात व्यवसायी लगाएत सरोकारवाला निकायसंगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि बिभागका तर्फबाट सवै तयारी भएको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरुलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि सवै निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गरेका छन् । चाडपर्वमा समयमा सडक अवरुद्ध हुन नदिन ठाँउ ठाँउमा सडक बिभागसंगको सहकार्यमा डोजर लगाएतको व्यवस्था गरिने उनले बताए ।

Ncell
Extreme Energy

पोखरेलले भाडा दरलाई पारदर्शी बनाउन यात्रु सहायता कक्ष लगाएत बिभिन्न स्थानमा भाडा दरको बोर्ड राखिने उल्लेख गरेका छन् । छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमा करिव चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिए ।

यसअघिको बर्षमा घटस्थापनादेखि फुलपातीसम्म अत्याधीक चाप देखिएपनि यस बर्ष अहिलेदेखि नै यात्रुको चाप बढेको उनले बताए । सिटौलाले यात्रुहरुलाई सेवा दिन यातायात व्यवसायीहरु तयार रहेको भन्दै सरकारका निकायहरु पनि सेवाका लागि तयार रहनुपर्ने बताएका छन् ।

त्यस्तै यातायात व्यवसायीहरुले अहिलेको बिषम परिस्थीतिमा भाडादर बृद्धि नहुने र सेवामा ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अग्रिम टिकट खुला गर्ने भन्दा पनि सवारी साधनको उपलव्धताका आधारमा टिकट काटिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...