नेभिगेशन
मुख्य समाचार

सेवालाई थप प्रभावकारी बनाउने विषयमा सरोकारवालासंग यातायात विभागको छलफल

काठमाडौँ । यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सवै तयारी भएको जनाएको छ । 
मंगलबार बिभागमा यातायात व्यवसायी लगाएत सरोकारवाला निकायसंगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि बिभागका तर्फबाट सवै तयारी भएको बताए ।

उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरुलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि सवै निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गरेका छन् । चाडपर्वमा समयमा सडक अवरुद्ध हुन नदिन ठाँउ ठाँउमा सडक बिभागसंगको सहकार्यमा डोजर लगाएतको व्यवस्था गरिने उनले बताए ।

पोखरेलले भाडा दरलाई पारदर्शी बनाउन यात्रु सहायता कक्ष लगाएत बिभिन्न स्थानमा भाडा दरको बोर्ड राखिने उल्लेख गरेका छन् । छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमा करिव चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिए ।

यसअघिको बर्षमा घटस्थापनादेखि फुलपातीसम्म अत्याधीक चाप देखिएपनि यस बर्ष अहिलेदेखि नै यात्रुको चाप बढेको उनले बताए । सिटौलाले यात्रुहरुलाई सेवा दिन यातायात व्यवसायीहरु तयार रहेको भन्दै सरकारका निकायहरु पनि सेवाका लागि तयार रहनुपर्ने बताएका छन् ।

त्यस्तै यातायात व्यवसायीहरुले अहिलेको बिषम परिस्थीतिमा भाडादर बृद्धि नहुने र सेवामा ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अग्रिम टिकट खुला गर्ने भन्दा पनि सवारी साधनको उपलव्धताका आधारमा टिकट काटिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव...
प्रतिनिधिसभा निर्वाचन स् कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

प्रतिनिधिसभा निर्वाचन स् कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष एक सय ३७ र महिला ९१ जना छन् । जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाताको सङ्ख्या तीन लाख तीन हजार...
कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए :  बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन्...
भदौ २३ र २४ गते भएको क्षतिको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई पत्राचार

भदौ २३ र २४ गते भएको क्षतिको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई पत्राचार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले यही कात्तिक २७ गते...