नेभिगेशन
समाज

आज देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

Extreme Energy
Everest cinsult

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार हुन सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्री शाहको आग्रह

कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार हुन सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्री शाहको आग्रह

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद...
संसद् अधिवेशन भोलिदेखि अन्त्य हुने

संसद् अधिवेशन भोलिदेखि अन्त्य हुने

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शुक्रबार राति १२ गतेदेखि लागु हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन अन्त्य गरेका हुन् ।
सभामुख अर्यालसँग स्विस राजदूत डानियलको शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग स्विस राजदूत डानियलको शिष्टाचार भेटवार्ता

सभामुख अर्यालले स्विट्जरल्याण्ड सहभागितामूलक लोकतन्त्रको सफल अभ्यासका लागि विश्वमै उदाहरण रहेको चर्चा गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन निरन्तर प्रयत्न गरिरहेको जानकारी गराए ।
श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीमा

श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीमा

अब प्रधानमन्त्री शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्ने छन् ।