नेभिगेशन
मुख्य समाचार

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती । जेनजी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएका सामान खोज्न मकवानपुर प्रहरी सक्रिय भएको छ ।

परिस्थिति सामान्य बन्दै गएपछि यही भदौ २४ गते आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएको जिन्सी सामान खोज्न प्रहरी  जुटेको हो । सिसीटिभी फुटेज, सामाजिक सञ्जालमा देखिएको दृश्यका आधारमा प्रहरीले विभिन्न सरकारी कार्यालयबाट चोरी तथा लुटिएका सामान खोज्न सुरु गरेको छ । सामान खोजतलास गर्ने क्रममा फेलापारेको कम्प्युटर, प्रिन्टर, कुर्सी, फोटोकपी मेसिनलगायत सामान सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

City Express

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार खोजतलासका क्रममा हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चोरी तथा लुटिएका कम्प्युुटर चार थान, दराज तीन थान, प्रिन्टर तीन थान, फोटोकपी मेसिन एक थान, कुर्सी छ थान, इन्भटर एक थान, फ्रिज एक थान,, ब्याट्री चार थान, स्पिकर सेट ३१ थान, पङ्खा र हार्ड डिक्स एक–एक थान नियन्त्रणमा लिई सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको छ । 

त्यसैगरी, बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट चोरी तथा लुटिएका कम्प्युटर तीन थान, ल्यापटप, टुल कुर्सी र इन्डक्सन चुलो एक–एक थान तथा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट चोरी तथा लुटिएका कम्प्युटर पाँच थान, कुर्सी तीन थान, प्रिन्टर, र्याक र इलेक्ट्रिक जग एक–एक थान नियन्त्रणमा लिई सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको प्रवक्ता अर्यालले बताए ।

अन्य कार्यालय तथा निकायबाट चोरी तथा लुटिएका सामानको खोजी भइरहेको उहाँको भनाइ छ । आन्दोलनका क्रममा प्रदर्शनकारीले भदौ २४ गते बागमती प्रदेश सरकारका १० वटा मन्त्रालयको भवन, प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनकारीले प्रदेश प्रमुख सचिवको निजी निवास, सरकारी वकिल, नापी, मालपोत कार्यालय, उच्च अदालत पाटन हेटौँडा इजलास, लोकसेवा आयोग, यातायात सेवा कार्यालय, जिल्ला अदालत, अख्तियार दुरुपयोग आयोग हेटौँडा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयमा पनि तोडफोड र आगजनी गरेका थिए । 

प्रदर्शनकारीले हेटौँडा उपमहानगरपालिका–२ स्थित भाटभटेनी सपिङ कम्प्लेक्स, हेटौँडा उपमहानगरपालिका–५ स्थित बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर, कार्यालय, हेटौँडा–४ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एकालाल श्रेष्ठको घर, हेटौँडा–५ स्थित अजयराज सुमार्गीको घरमा पनि आगजनी गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित जैमिनी नगरपालिका ८ बेलबगरमा पहिरो खस्दा बुधबार  बिहानैदेखि सडक अजरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशव थापाले जानकारी दिए...
नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्दै

नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्दै

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृहजिल्ला जान थालेका छन् । नयाँ बसपार्कमा सञ्चालित...
राष्ट्रिय शोकमा आधा झुकाइयो राष्ट्रिय झण्डा

राष्ट्रिय शोकमा आधा झुकाइयो राष्ट्रिय झण्डा

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउदै बुधबार सार्वजनिक बिदा दिएको हो । त्यस्तै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ...
दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत

दुई महिनामा सरकारको बजेट खर्च नौ प्रतिशत

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो...