नेभिगेशन
समाज

नारायणगढ-मुग्लिन सडकखण्ड: तुइन खोलाको पहिरो हटेन,आइतबार बिहानसम्म बाटो बन्द

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो अझैसम्म पन्छाउन सकिएको छैन । शुक्रबार साँझदेखि पहिरो खसेर अवरुद्ध बनेको राजमार्ग सञ्चालन नहुँदा यात्री अलपत्र परेका छन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 शुक्रबार साँझदेखि खसेको पहिरो निरन्तर पन्छाउने काम भइरहे पनि पूर्ण रूपमा पहिरो पन्छाउन आइतबारसम्म लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । आज साँझसम्म पहिरो पन्छाउँदा पहिरो खस्ने क्रम जारी रहेको जनाउँदै कार्यालयका प्रमुख नारायण लामिछानेले ठूलो पहिरो भएकाले रातको समयमा काम गर्न कठिन हुने बताए ।

Ncell
Extreme Energy

आजका लागि पहिरो पन्छाउने काम रोकिएको छ । आइतबार बिहानदेखि पहिरो पन्छाइने जनाइएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट तीन वटा र नारायणगढबाट दुई वटा साधन परिचालन गरिएपनि आज साँझ ६ः३० बजे पुनः पहिरो खसेपछि काम रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख लामिछानेका अनुसार आइतबार बिहान पुनःपहिरो पन्छाउने गरी आजका लागि काम रोकिएको हो । शुक्रबार साझ ६ः०० बजेदेखि गएको पहिरोका कारण अलपत्र परेका यात्रुलाई जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आज खाद्यान्न सहयोग गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकायका प्रमुखको उपस्थितिमा यात्रुहरूलाई भूजा, चिउरा, बिस्कुट, चाउचाउ, पानीलगायत खाद्यान्न वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार एक हजार ५०० यात्रुलाई पुग्ने खाद्यान्न वितरण गरिएको छ । आफ्नो कार्यक्षेत्रभित्र रहेर सडकमा अलपत्र रहेका यात्रुलाई खाद्यान्न सहयोग गरिएको उनले बताए ।
यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । थप पहिरो नखसेमा आइतबार मध्यान्नसम्ममा सडक सञ्चालन गर्न सकिने प्रजिअ अर्याले अनुमान गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
'जलवायु न्याय र हानी तथा नोक्सानी कोष’ तत्काल परिचालन गर्न विश्व समुदायसँग मन्त्री गिता चौधरीकाे माग

'जलवायु न्याय र हानी तथा नोक्सानी कोष’ तत्काल परिचालन गर्न विश्व समुदायसँग मन्त्री गिता चौधरीकाे माग

अल्पविकसित देशहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकलाई बिहीबार टिमोर–लेस्टेको राजधानी दिलीमा सम्बोधन गर्दै पर्यावरण मन्त्री चौधरीले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि त्यसको भयावह मूल्य नेपाली जनताले चुकाउनु...
परराष्ट्रमन्त्री खनालले कूटनीतिक समुदायलाई के भने ?

परराष्ट्रमन्त्री खनालले कूटनीतिक समुदायलाई के भने ?

परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी घटनाबारे ब्रिफिङ गरेका छन् ।
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...