नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्रीसंग भेटेपछि विपिनकी बहिनीले भनिन् ‘लाग्छ आमाले नै आमाको पीडा बुझ्नेछिन’

काठमाडौँ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसंग भेट गरेका छन् ।

आइतबार सिंहदरबार पुगेर बिपिनका आमा र बहिनीले रिहाईका लागि निरन्तर पहल गर्न प्रधानमन्त्रीसंग आग्रह गरेका हुन । प्रधानमन्त्रीसंगको भेटपछि बिपिनका आमा पद्मा जोशीले यसअघिको सरकारले पहल गर्ने आश्वासन दिदा पनि केहि नजिता नआएकाले अवको सरकारप्रति आशा राखेको बताएइन ।

CG

त्यस्तै विपिनका बहिनी पुष्पा जोशीले अहिले प्रधानमन्त्री पदमा आमा नै रहेकाले आमाको पीडा बुझ्ने बताएकी थिइन । भेटमा प्रधानमन्त्रीले विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताएको विपिनकी बहिनी पुष्पाले बताइन ।

उनले भनिन्, ‘विपिन जोशी नेपालको नागरिक भएकाले नेपालमा सकुशल फिर्ता ल्याउन कुनै एकले मात्रै नभइ सवै मिलेर पहल गर्नुपर्छ’ । त्यस्तै, यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिन जोशीसहित ४८ इजरायली बन्धकहरुको तस्वीर सार्वजनिक गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उदयपुरमा ७५० केजी गाँजासहित २ जना पक्राउ

उदयपुरमा ७५० केजी गाँजासहित २ जना पक्राउ

को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए ।
तराई–मधेस द्रुतमार्गकाे लेनडाँडामा निर्माणाधीन नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल  (तस्विरहरु)

तराई–मधेस द्रुतमार्गकाे लेनडाँडामा निर्माणाधीन नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल  (तस्विरहरु)

पुल सम्पन्न भएपछि करिब ८१ मिटर उचाइको हुने नेपाली सेनाको लेनडाँडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ७१.५ किलोमिटर लामो...
रास्वपाको ऐतिहासिक कदम: समानुपातिक उम्मेदवार छान्न सुरु भयो मतदान

रास्वपाको ऐतिहासिक कदम: समानुपातिक उम्मेदवार छान्न सुरु भयो मतदान

मतदानका लागि खस आर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारु र मुस्लिम क्लस्टर छुट्याएर उम्मेदवारहरु समेटिएका छन् । तीमध्ये ५७ जना महिला उम्मेदवार अनिवार्य गर्दै छ। मतदानका क्रममा हरेक...
सीएनएनकी पूर्व अन्तर्राष्ट्रिय संवाददाता सुम्निमा उदास रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी

सीएनएनकी पूर्व अन्तर्राष्ट्रिय संवाददाता सुम्निमा उदास रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी

विश्वविख्यात समाचार च्यानल CNN को अन्तर्राष्ट्रिय संवाददाता रहिसकेकी उदासले अक्सफर्ड विश्वविद्यालयबाट स्नातक गरेकी छिन्