नेभिगेशन
मुख्य समाचार

रास्वपामा रविको विकल्प सोच्न पनि सकिदैन, गलत प्रचार नगरियोसः रास्वपा प्रदेश सभापतिहरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापतिहरुले सामूहिक रूपमा पार्टी सभापति रवि लामिछानेको विकल्प सोच्न समेत नसकिने बताएका छन् । प्रदेश सभापतिहरुले लामिछानेको विकल्प खोजे भन्ने समाचार प्रकाशित भएपछि पाँच प्रदेशका सभापतिहरुले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामिछानेको नेतृत्वको विकल्पमा कल्पना पनि नगरीएको बताएका हुन् । 

समाचार तथा सामाजिक सञ्जालमा आएका विषय खण्डन गर्दै बामगती प्रदेश सभापति अच्युतम लामिछानेले अन्य पार्टीमा चलेको नेतृत्व परिवर्तनको हावा रास्वपामा चल्नै नसक्ने बताए । ‘हामी अहिले सभापतिको नेतृत्वको कुनै वैकल्पिक सोच हामीमा किन्तु, परन्तु लगाएर कल्पना पनि हामी गर्न सक्ने विषयमा हामी छैनौं,’ बागमती प्रदेश सभापति लामिछानेले भने,‘सरकार मात्रै २०–३० वर्ष चलाइसकेको छ र जेन–जी आन्दोलनबाट उहाँहरू बर्गिगमन भइसकेको अवस्थामा, त्यो नेतृत्व असक्षम भइसकेकाले, त्यहाँ उठेको आवाज रास्वपामा पनि त्यही हो कि भन्ने हिसाबले चलाइएको हावाको पक्षमा हामी छैनौं, सभापतिलाई विश्वास दिलाउन चाहन्छौं,’।

CG

यस्तै लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले रास्वपा लोकतन्त्रमा विश्वास गर्ने भएकाले नेतृत्वका बारेमा कुरा हुने भएपनि विकल्पन बारे सोच्दै नसोचिएको र बाहिर आएका जस्ता कुरा उठाउँदै नउठाएको बताए । 
उनले भने,‘हामी खुला बहस गर्छौं। अरू पार्टीका नेतृत्वको बारेमा कुरा गर्नै नपाउने भन्ने पनि हाम्रो पार्टीमा हुँदैन। तर जुनरूपमा बाहिर मिडियामा आएको छ, पार्टी सभापति रवि लामिछानेको  विकल्पको बारेमा सोचेका पनि छैनौं। हामीले उठाएका पनि छैनौं। कुनै पनि प्रदेशका सभापति ले उठाउनु भएको छैन। लुम्बिनी प्रदेशले माइन्युट नै गरेर केके कुरा बोल्ने भनेर लेखेर ल्याएका थियौं,’ । 

मधेस प्रदेश सभापति तपेश्वर यादवले चरित्र हत्या गर्ने नियतले विकल्प खोजेको भनेर परिचालित ढंगले कुरा बाहिर आएको बताए । सभापति लामिछानेले नै भ्रष्टाचारविरुद्ध जागरुकता ल्याएको, ठूला दलको अकर्मण्यविरुद्ध लामिछानेले आवाज उठाएकाले झुठा मुद्दामा फसाइएको बताए । 

साथै उनले कपोकल्पीतरुपमा भएका प्रचारको खण्डन गर्दै प्रदेश कमिटिहरुले सभापतिको विकल्पको बारे सोच्दै नसोचेको बताए । यस्तै कोशी प्रदेशका कार्यबाहक सभापति सरिन तामाङ र सुदूरपश्चिमका सभापति प्रकाश विष्टले पनि सभापति रवि विनाको रास्वपा परिकल्पना नगरिएको बताए ।

गण्डकी र कर्णालीका प्रदेश सभापतिहरु बैठकमा उपस्थित नभएपनि सामाजिक सञ्जालमा उनीहरुले रविको विकल्प नभएको जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८...
निर्वाचन ६८ दिन बाँकीः निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताको सूची तयार

निर्वाचन ६८ दिन बाँकीः निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताको सूची तयार

आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा...
आजको मौसम पूर्वानुमानः दिनभर तराईमा हुस्सु

आजको मौसम पूर्वानुमानः दिनभर तराईमा हुस्सु

सनिबार दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली...
रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व र संगठनमा एकीकृत भएका छन् । जसअनुसार रास्वापको नाम, झण्डा र निर्वाचन चिन्ह घण्टी बालेनले स्वीकार गरेका छन् । अब बालेन आगामी फागुन...