नेभिगेशन
समाज

रास्वपामा रविको विकल्प सोच्न पनि सकिदैन, गलत प्रचार नगरियोसः रास्वपा प्रदेश सभापतिहरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापतिहरुले सामूहिक रूपमा पार्टी सभापति रवि लामिछानेको विकल्प सोच्न समेत नसकिने बताएका छन् । प्रदेश सभापतिहरुले लामिछानेको विकल्प खोजे भन्ने समाचार प्रकाशित भएपछि पाँच प्रदेशका सभापतिहरुले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामिछानेको नेतृत्वको विकल्पमा कल्पना पनि नगरीएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समाचार तथा सामाजिक सञ्जालमा आएका विषय खण्डन गर्दै बामगती प्रदेश सभापति अच्युतम लामिछानेले अन्य पार्टीमा चलेको नेतृत्व परिवर्तनको हावा रास्वपामा चल्नै नसक्ने बताए । ‘हामी अहिले सभापतिको नेतृत्वको कुनै वैकल्पिक सोच हामीमा किन्तु, परन्तु लगाएर कल्पना पनि हामी गर्न सक्ने विषयमा हामी छैनौं,’ बागमती प्रदेश सभापति लामिछानेले भने,‘सरकार मात्रै २०–३० वर्ष चलाइसकेको छ र जेन–जी आन्दोलनबाट उहाँहरू बर्गिगमन भइसकेको अवस्थामा, त्यो नेतृत्व असक्षम भइसकेकाले, त्यहाँ उठेको आवाज रास्वपामा पनि त्यही हो कि भन्ने हिसाबले चलाइएको हावाको पक्षमा हामी छैनौं, सभापतिलाई विश्वास दिलाउन चाहन्छौं,’।

Ncell
Extreme Energy

यस्तै लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले रास्वपा लोकतन्त्रमा विश्वास गर्ने भएकाले नेतृत्वका बारेमा कुरा हुने भएपनि विकल्पन बारे सोच्दै नसोचिएको र बाहिर आएका जस्ता कुरा उठाउँदै नउठाएको बताए । 
उनले भने,‘हामी खुला बहस गर्छौं। अरू पार्टीका नेतृत्वको बारेमा कुरा गर्नै नपाउने भन्ने पनि हाम्रो पार्टीमा हुँदैन। तर जुनरूपमा बाहिर मिडियामा आएको छ, पार्टी सभापति रवि लामिछानेको  विकल्पको बारेमा सोचेका पनि छैनौं। हामीले उठाएका पनि छैनौं। कुनै पनि प्रदेशका सभापति ले उठाउनु भएको छैन। लुम्बिनी प्रदेशले माइन्युट नै गरेर केके कुरा बोल्ने भनेर लेखेर ल्याएका थियौं,’ । 

मधेस प्रदेश सभापति तपेश्वर यादवले चरित्र हत्या गर्ने नियतले विकल्प खोजेको भनेर परिचालित ढंगले कुरा बाहिर आएको बताए । सभापति लामिछानेले नै भ्रष्टाचारविरुद्ध जागरुकता ल्याएको, ठूला दलको अकर्मण्यविरुद्ध लामिछानेले आवाज उठाएकाले झुठा मुद्दामा फसाइएको बताए । 

साथै उनले कपोकल्पीतरुपमा भएका प्रचारको खण्डन गर्दै प्रदेश कमिटिहरुले सभापतिको विकल्पको बारे सोच्दै नसोचेको बताए । यस्तै कोशी प्रदेशका कार्यबाहक सभापति सरिन तामाङ र सुदूरपश्चिमका सभापति प्रकाश विष्टले पनि सभापति रवि विनाको रास्वपा परिकल्पना नगरिएको बताए ।

गण्डकी र कर्णालीका प्रदेश सभापतिहरु बैठकमा उपस्थित नभएपनि सामाजिक सञ्जालमा उनीहरुले रविको विकल्प नभएको जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।