नेभिगेशन
मुख्य समाचार

‘यतापट्टि सुत्ने, उतापट्टि काम गर्ने’ (शिक्षामन्त्री महावीर पुनको मन्त्रालयको डेराको भिडियो टूर)

काठमाडौँ । नवनियुक्त शिक्षा विज्ञान तथा सूचना प्रविधि मन्त्री महावीर पुन मन्त्रालयमै खान बस्न सुरु गरेका छन् । असोज ६ गते मन्त्रिको रुपमा पदभार ग्रहण गरे लगत्तै उनले आफ्नो खाने बस्ने कोठाको पनि सँगसँगै गरिदिन सचिवलाई निर्देशन दिएका थिए। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘जहाँ काम गर्ने त्यहीँ सुत्ने हो । मेरो लागी यहाँ कतै सुत्ने बस्ने कोठाको प्रबन्ध गरिदिनुहोला,’ मन्त्री पुनले निर्देशनमा भनेका थिए। लगत्तै शिक्षा मन्त्रालयले आफ्नो अस्थायी मन्त्रालय चलाई रहेको केशरमहल स्थित केशर पुस्तकालयमा मन्त्रीको कार्यालयसँगै सुत्ने कोठा तयार गर्न सुरु गरेको थियो ।
जसअनुसार बुधबार मङ्गलबार बेलुका अबेर मन्त्री पुनको सुत्ने कोठा तयार भएको थियो ।

Ncell
Extreme Energy

शिक्षा मन्त्रालयका अधिकारीकाअनुसार मन्त्रालयको पहिलो तल्लाको दक्षिणी करिडोरमा मन्त्रीको कार्यालय छ भने त्यहीसँगै जोडिएको अर्को कोठालाई सुत्ने कोठाको रुपमा विकास गरिएको हो । शहरी विकास मन्त्रालय मातहतको एक कार्यालयले जिन्सी सामान खरिद गरेर मन्त्रीका लागि कोठा बनाइएको हो । 

सादगी जीवनयापन गर्न रुचाउने मन्त्री पुनका लागि एक सेट बेड, ओढ्ने ओछयाउने र एउटा कम्प्युटर टेबल र कुर्सीको व्यवस्था कोठामा गरिएको छ। 
मन्त्री पुन सुत्ने खाटको मूल्य १६ हजार रुपैयाँ हाराहारी पर्ने बताइएको छ । यस्तै भान्साका लागि मन्त्री कार्यालयको सामुन्नेमा रहेको कर्मचारीको चिया खाजा खाने स्थललाई बनाइएको छ । सिधाकुरासँग कुरा गर्दै मन्त्री महावीर पुनले आफू साधारण मान्छे भएको र कुनै पनि खालको तडक भडक मन नपराउने बताए । 
‘यस्तैमा जन्मियो, यस्तैमा हुर्कियो । मलाई तडक भडक मन पर्दैन,’ मन्त्री पुनले भने, ‘म त आविष्कार केन्द्रमा हुँदा भुइँमा सुत्थे । यो त पाँचतारे होटल जस्तै भयो ।’
मन्त्री पुनले आफूले मन्त्रीका रुपमा क्वाटर जस्ता सुविधा नलिने, सचिवालय नबनाउने पनि सिधाकुरालाई बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...