नेभिगेशन
मुख्य समाचार

‘यतापट्टि सुत्ने, उतापट्टि काम गर्ने’ (शिक्षामन्त्री महावीर पुनको मन्त्रालयको डेराको भिडियो टूर)

काठमाडौँ । नवनियुक्त शिक्षा विज्ञान तथा सूचना प्रविधि मन्त्री महावीर पुन मन्त्रालयमै खान बस्न सुरु गरेका छन् । असोज ६ गते मन्त्रिको रुपमा पदभार ग्रहण गरे लगत्तै उनले आफ्नो खाने बस्ने कोठाको पनि सँगसँगै गरिदिन सचिवलाई निर्देशन दिएका थिए। 

‘जहाँ काम गर्ने त्यहीँ सुत्ने हो । मेरो लागी यहाँ कतै सुत्ने बस्ने कोठाको प्रबन्ध गरिदिनुहोला,’ मन्त्री पुनले निर्देशनमा भनेका थिए। लगत्तै शिक्षा मन्त्रालयले आफ्नो अस्थायी मन्त्रालय चलाई रहेको केशरमहल स्थित केशर पुस्तकालयमा मन्त्रीको कार्यालयसँगै सुत्ने कोठा तयार गर्न सुरु गरेको थियो ।
जसअनुसार बुधबार मङ्गलबार बेलुका अबेर मन्त्री पुनको सुत्ने कोठा तयार भएको थियो ।

CG

शिक्षा मन्त्रालयका अधिकारीकाअनुसार मन्त्रालयको पहिलो तल्लाको दक्षिणी करिडोरमा मन्त्रीको कार्यालय छ भने त्यहीसँगै जोडिएको अर्को कोठालाई सुत्ने कोठाको रुपमा विकास गरिएको हो । शहरी विकास मन्त्रालय मातहतको एक कार्यालयले जिन्सी सामान खरिद गरेर मन्त्रीका लागि कोठा बनाइएको हो । 

सादगी जीवनयापन गर्न रुचाउने मन्त्री पुनका लागि एक सेट बेड, ओढ्ने ओछयाउने र एउटा कम्प्युटर टेबल र कुर्सीको व्यवस्था कोठामा गरिएको छ। 
मन्त्री पुन सुत्ने खाटको मूल्य १६ हजार रुपैयाँ हाराहारी पर्ने बताइएको छ । यस्तै भान्साका लागि मन्त्री कार्यालयको सामुन्नेमा रहेको कर्मचारीको चिया खाजा खाने स्थललाई बनाइएको छ । सिधाकुरासँग कुरा गर्दै मन्त्री महावीर पुनले आफू साधारण मान्छे भएको र कुनै पनि खालको तडक भडक मन नपराउने बताए । 
‘यस्तैमा जन्मियो, यस्तैमा हुर्कियो । मलाई तडक भडक मन पर्दैन,’ मन्त्री पुनले भने, ‘म त आविष्कार केन्द्रमा हुँदा भुइँमा सुत्थे । यो त पाँचतारे होटल जस्तै भयो ।’
मन्त्री पुनले आफूले मन्त्रीका रुपमा क्वाटर जस्ता सुविधा नलिने, सचिवालय नबनाउने पनि सिधाकुरालाई बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै...
रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

छलफलमा सहभागी रास्वपा नेताकाअनुसार बालेन र जेनजीका राम्रा मान्छेलाई बालेनकै सिफारिसमा पार्टी र निर्वाचन प्रक्रियामा सहभागी गराउन रास्वपा तयार थियो । तर, प्रतिशतमा जस्तो पनि मान्छे पार्टी र...
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको...
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।