नेभिगेशन
समाज

ट्राफिक व्यवस्थापनका लागि २५ सय ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको शहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ । यी सामाग्रीहरु नेपालमा नै उत्पादन भएका हुन् । 
आर्थिक वर्ष २०८०/८१ मा नै यी सामाग्रीहरू खरिद गर्ने याेजना भएतापनि विभिन्न प्रक्रृयागत चुनाैतीका कारण २०८१-८२ मा खरिद गरिएको हो । जसले ट्राफिक व्यावस्थापनमा  महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहरी योजना आयोगका सहायक विज्ञ (ट्राफिक तथा यातायात इन्जिनियरिङ) अनुकुल निधिका अनुसार, ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटर  सम्मको छ । पहिले पहिले सडकमा राखिने कोन भन्दा अहिलेको कोनको आकार ठुलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको जानकारी दिए । यी कोनहरू तल प्वालरहित र ३ देखि ५ केजी तौलका छन् । यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने समेत निधिले बताए ।

Ncell
Extreme Energy

‘यी कोनहरू राति पनि स्पष्ट देखिन्छन् । एक सेटमा दुई ट्राफिक कोन र एउटा २ मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ । यसरी १,२५० सेट खरिद भएका छन्, जसमा कुल २५ सय कोन र १,२५० बार छन् ।’ निधिले थप्नु भयो ‘यी सामग्रीहरू काठमाडौंका मुख्य सडक खण्डहरूमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति) लाई सम्बोधन गर्न सक्ने छ ।’
 
ट्राफिक इन्जिनियरिङका सिद्धान्तअनुसार, सडक चौडा नगरी च्यानलाइजेसन नै ट्राफिक व्यवस्थापनको आधार हो । सहायक विज्ञ निधिका अनुसार पहिलो चरणमा बुधबार यी कोनहरू तीन स्थानमा प्रयोग गरियोः सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोड । विशेषगरी भद्रकालीबाट सिंहदरबारतिरको क्षेत्रमा लस्कर आकारमा कोन राख्दा विपरित दिशाबाट आउने सवारीको चापलाई न्यूनीकरण गर्ने छ । जसले सहजै बायाँ तर्फ मोडिने सवारीले (माइतीघरदेखि भद्रकाली तर्फ) लेन निर्वाध रूपमा प्रयाेग गर्न सक्ने छन् । जसले दुर्घटना र ट्राफिक जामको समस्या घटाउने छ ।

कोन राख्ने काम काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टिमसँगको सहकार्यमा सम्पन्न गरेकाे हाे । 

‘ट्राफिक व्यवस्थापन साझा समस्या र समाधान हो। सहकार्य नै यसको आधार हो।’ सहायक विज्ञ निधिले थपे ‘यी कोनहरूको  ब्याचवाइज प्रयोग गरी सरसफाई गरेर पुन: प्रयोग गर्न सकिन्छ।’ 

सडक प्रयोगकर्ता देखि व्यवस्थापन गर्ने निकायहरु हुँदै ट्राफिक प्रहरीसम्म सबैको भूमिका र सहकार्य नै यसको आधार हो। ट्राफिक व्यवस्थापन गर्न ‘डेटा-आधारित’ वैज्ञानिक दृष्टिकोण, आधुनिक प्रविधि र स्थलगत व्यावहारिक व्यवस्थापन प्रविधिको भूमिका अनिवार्य भएकाे निधिले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।