नेभिगेशन
मुख्य समाचार

देशको नेतृत्व नयाँ पुस्तालाई दिने अवसर सिर्जना गर्न राजीनामा दिएँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई अवसर दिनका लागि आफुले नेसपा(नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले अहिलेसम्म आफुलाई साथ दिने पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिदै नयाँ पुस्तालाई प्रोत्साहन गर्न र उनीहरुलाई नै देशको नेतृत्व दिने अवसर सिर्जना गर्न आफुले पदबाट राजीनामा दिएको बताएका हुन ।

उनले नेपाली इतिहासलाई केहि दशक अघि बढाउन नयाँ पुस्ता आन्दोलनबाट दिक्षित भएकाले उनीहरुलाई अवसर प्रदान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । पुराना दलहरुले आफुलाई रुपन्तरण गर्दै सच्चिनुपर्ने वा सकिनुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले आफुले पद त्याग गरेपनि अभियान र आन्दोलनबाट अलग नभएको स्पष्ट परेका थिए ।

पछिल्लो दश १० बर्ष पुराना दलका तीन भ्रष्ट नेताहरुले आलोपालो देशको दोहन गरेको र भ्रष्टाचारको आहालमा डुवाएर युवाहरुलाई विदेश जान बाध्य पारिएकाले युवाहरु आन्दोलनमा आउनुपरेको उनले बताए ।
वर्तमान सरकारको प्रतिवद्धता युवा शक्तिसंग हुनुपर्ने भन्दै कुनै पनि बहानामा पुराना शक्तिसंग ढल्कने प्रयास गरे इतिहासले हिसाव गर्ने जिकिर गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता नामावलीमा नाम दर्ताका लागि ५ दिन थपियो, मंसिर ५ सम्म दर्ता गर्न सकिने

मतदाता नामावलीमा नाम दर्ताका लागि ५ दिन थपियो, मंसिर ५ सम्म दर्ता गर्न सकिने

निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार अब मंसिर ५ गतेसम्म मतदाता नामावालीमा नाम दर्ता गर्नेले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् ।
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आआफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आआफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानीस महिला, बालबालिका तथा ज्येष्ठ नागरिकस वन तथा वातावरणस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनस श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  कार्कीसहित...