नेभिगेशन
समाज

सरकार द्वारा भौतिक पूर्वाधार पुनर्निमाण कोषको स्थापना, सहयोगको अपिल

काठमाडौँ । सरकारले आन्दोलनबाट क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यको लागि भौतिक पूर्वाधार पुनर्निमाण कोषको स्थापना गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार पत्रकार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिइएको हो । सरकारले भनेको छ, ‘जेन–जी आन्दोलको क्रममा राष्ट्रको भौतिक संरचनामा आगजनी र तोडफोड भई धनजनको ठुलो क्षति भएको छ । यस किसिमको भौतिक संरचनामा भएको क्षतिको आङ्कलन गर्न पुनर्निर्माण गर्ने उद्देश्यले नेपाल सरकार, मन्त्रिपरिषद्को आइतबारको निर्ययानुसार भौतिक पूर्वाधार पुननिर्माण समिति आदेश,२०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । उक्त गठन आदेशले भौतिक पूर्वाधार पुनर्निर्माण नामको समिति गठन गरेको छ ।’

Ncell
Extreme Energy

त्यस्तै, अर्थ मन्त्रीको अध्यक्षतामा गठित समितिमा गृह, शहरी विकास मन्त्री, नेपाल सरकारको मुख्यसचि सदस्य रहने र शहरी विकास मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था समेत गरिएको छ । गठन आदेशमा अनुसार  आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, पुनरुत्थान, राहत र पुनस्र्थापना सम्बन्धी कार्यको लागि कोष रहने व्यवस्था भएको सरकारले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

Press-meet-of-minister-khanal-and-ghising-(1)-1758790561.jpeg

Press-meet-of-minister-khanal-and-ghising-(2)-1758790561.jpeg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...