नेभिगेशन
समाज

नारायणगढ–मुग्लिन सडक खण्डमा फसेका यात्रुका लागि निःशुल्क बस सेवा

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउनका लागि निःशुल्क बस सेवा थालिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय चितवनले तुईन खोला नजिकैको पाँच किलो भन्ने स्थानबाट नारायणगढसम्म निशुल्क घुम्ती बस सञ्चालन गरेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिएका छन् । तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म पुगेका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । अलपत्रमा परेका चालक तथा यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाधान्न र प्राथमिक उपचार उपलब्ध गराउने कार्य गरिरहेको उनले बताए ।

Marvel
Extreme Energy

पहिरो पन्छाउनका लागि नारायणगढतर्फबाट तीनवटा र मुग्लिनतर्फबाट दुईवटा मेशिन परिचालन गरिएको रिजालले जानकारी दिए ।। मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै मंगलबार अपरान्ह गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसिया कप राइजिङ स्टार्स खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

एसिया कप राइजिङ स्टार्स खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ ।
विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित पोखराबाट सुरु भएको मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रा रूपन्देही आइपुगेको छ ।
१२ वर्षदेखि अलपत्र घुमाउने पुल

१२ वर्षदेखि अलपत्र घुमाउने पुल

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माण तत्काल अघि बढाउन स्थानीयले दबाब बढाएका छन्।
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभरको मौसम सामान्यतया सफा रहने भएको छ।