नेभिगेशन
मुख्य समाचार

स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु, अर्का एक गम्भीर

सर्लाही । सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छभने, अर्का एक जना गम्भीर घाइते भएका छन् । 

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउँपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो भने २३ वर्षका शिवशङ्कर पण्डित गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

CG

घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको एमएच ०४ डिजे १२९७ भारतीय नम्बर भएको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको तीन जना सवार ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र सहनीलाई रामजानकी अस्पताल जनकपुर पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ । घटनालगत्तै फरार स्कारपियो चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अपडेटः शङ्खरापुर बस दुर्घटनामा मृतक संख्या ५ पुग्यो

अपडेटः शङ्खरापुर बस दुर्घटनामा मृतक संख्या ५ पुग्यो

यसअघि बाँकेको कोहलपुर घर भई बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भई बुढानीलकण्ठ बस्ने  ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति...
शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको...
काठमाडौँको साँखुमा यात्रुबाहक बस दुर्घटना

काठमाडौँको साँखुमा यात्रुबाहक बस दुर्घटना

जर्सिङ पौवाबाट साखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब १०० मिटर तल खसेको छ । दुर्घटनामा मानवीय क्षतिको यकिन विवरण आइसकेको छैन्...
टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको ना.१ ज १७७८ नं.को सुमो गाडी सडकबाट अन्दाजी १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको हो ।