नेभिगेशन
समाज

दशैँमा पूर्व राजा ज्ञानेन्द्रले के भने ?

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई सरकारले पूरा गर्नुपर्ने बताएका छन् । 
विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देशमार्फत पूर्व राजाले नयाँ पुस्ताको मागलाई समर्थन जनाउँदै सरकारलाई त्यसलाई पूरा गर्नुपर्नेमा उल्लेख गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सन्देशमा भनेका छन्,  ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्यव्यवस्थाले समेट्नै पर्दछ। विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ।’

Ncell
Extreme Energy

यसपटकको दसैंमा पूर्व राजाले सर्वसाधारणलाई टिका नलगाइदिने घोषणा पनि गरेका छन्। जेनजी आन्दोलनका क्रममा सहिद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिकरूपमा टिका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन्।

पूर्व राजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै यसपटकको दशैंलाई पारिवारिक र सांस्कृतिक रुपमा मात्र सीमित गर्न बाध्य भएको बताएका छन्।

‘सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनैपर्दछ। जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

gaynendra-shah-1759041373.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खिचापोखरीबाट करिब ६ करोडको भेपसहित १ जना पक्राउ

खिचापोखरीबाट करिब ६ करोडको भेपसहित १ जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले खड्कालाई पक्राउ गरेको हो ।
आगामी वर्षको नीति तथा कार्यक्रममाथि लुम्बिनी प्रदेशसभामा छलफल हुने

आगामी वर्षको नीति तथा कार्यक्रममाथि लुम्बिनी प्रदेशसभामा छलफल हुने

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आव २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ । बैठकको सुरुमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा...
बागमती प्रदेशले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

बागमती प्रदेशले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

प्रदेशसभाको मंगलबार साँझ ५ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार...
समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

समितिले सोमबार सूचना जारी गर्दै सरकारबाट विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय...