नेभिगेशन
मुख्य समाचार

दशैँमा पूर्व राजा ज्ञानेन्द्रले के भने ?

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई सरकारले पूरा गर्नुपर्ने बताएका छन् । 
विजया दशमी तथा दीपावलीको अवसरमा जारी शुभकामना सन्देशमार्फत पूर्व राजाले नयाँ पुस्ताको मागलाई समर्थन जनाउँदै सरकारलाई त्यसलाई पूरा गर्नुपर्नेमा उल्लेख गरेका हुन् । 

उनले सन्देशमा भनेका छन्,  ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्यव्यवस्थाले समेट्नै पर्दछ। विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ।’

यसपटकको दसैंमा पूर्व राजाले सर्वसाधारणलाई टिका नलगाइदिने घोषणा पनि गरेका छन्। जेनजी आन्दोलनका क्रममा सहिद भएका घटनाले देश शोकमग्न भएको र संवेदनशील वातावरणलाई मध्यनजर गर्दै सार्वजनिकरूपमा टिका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन्।

पूर्व राजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै यसपटकको दशैंलाई पारिवारिक र सांस्कृतिक रुपमा मात्र सीमित गर्न बाध्य भएको बताएका छन्।

‘सही, सत्य, अग्रजको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत हामीमा हुनैपर्दछ। जे भयो, अबको नयाँ पुस्ता आशा, विश्वास र भरोसाका साथ अघि बढोस्’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

gaynendra-shah-1759041373.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाइ

हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाइ

हुलाकी सडक आयोजना, जनकपुर खण्डको कुल चार सय तीन किलोमिटरमध्ये अब ६१ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको छ । खण्डका काम धमाधम भइरहेको र कुनै अवरोध नभएका...
नेपाली व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य

नेपाली व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य

किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । यसअनुसार अति ठूलो ९एक्सएल० अण्डा प्रतिक्रेट...
दुर्गा प्रसाईको महाअभियानका सबै विरोध कार्यक्रम फिर्ता

दुर्गा प्रसाईको महाअभियानका सबै विरोध कार्यक्रम फिर्ता

सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गर्नुभएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर...
‘बोलेरो’  दुर्घटनामा मृत्यु

‘बोलेरो’  दुर्घटनामा मृत्यु

दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुर्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । बलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको...