नेभिगेशन
मुख्य समाचार

जेन–जी आन्दोलमा सहभागीहरुविरुद्ध तत्काल कारवाही प्रक्रिया अघि नबढ्ने

काठमाडौँ । पछिल्लो समय जेन–जी आन्दोलनमा अनावश्यक धरपकड गरी नरसंहार मच्चाउन आदेश दिनेहरुलाई कारवाही गर्नुपर्ने माग चर्को रुपमा उठिरहेको छ । आन्दोलनमा सहभागी भएका केही प्रदर्शनकारीहरु पक्राउ पर्न थालेपछि गृहमन्त्रीको समेत आलोचना बढ्न थालेको  छ । 

यही समयमा गृह मन्त्रालयले जारी गरेको सूचनाले जेन–जी प्रदर्शनमा सहभागीहरुमाथि तत्काल कारवाही प्रक्रिया अघि नबढाइने बताएको छ । जेन–जी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगको क्षत्राधिकारभित्र पर्ने विषयमा तत्काल कारवाही अघि नबढाउने भएको हो । गृहले सूचना जारी गर्दै आयोगको कार्यक्षेत्रमा पर्ने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारवाही अघि नबढाइने बताएको हो । 

गृहले जारी गरेको सूचनामा भनिएको छ, ‘आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा जिवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारवाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेको हुँदा आयोगबाट सो कार्यादेश बमोजिम राय सहितको प्रतिवेदन प्राप्त भएपश्चात नेपाल सरकारले कानुन बमोजिम गर्ने व्यहोरा जानकारी गराइन्छ । तसर्थ आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारवाही अगाडि नबढाइने तर गैर कानुनी रुपमा भएका र हुने गतिविधिमा कानुन अनुसार कारवाही हुने व्यहोरा समेत सबैमा जानकारी गराइन्छ ।’ 

सरकारले जेन–जी आन्दोलनबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग बनाएको छ । उक्त आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरिसकेको छ । आयोगले प्रतिवेदन बुझाएपछि नेपाल सरकारले कानुन बमोजिम गर्ने बताएको छ । त्यस्तै सूचनाको अन्तमा गैर कानुनी रुपमा भएका गतिबिधिमा कानुन अनुसार हुने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...