नेभिगेशन
समाज

जेन–जी आन्दोलमा सहभागीहरुविरुद्ध तत्काल कारवाही प्रक्रिया अघि नबढ्ने

काठमाडौँ । पछिल्लो समय जेन–जी आन्दोलनमा अनावश्यक धरपकड गरी नरसंहार मच्चाउन आदेश दिनेहरुलाई कारवाही गर्नुपर्ने माग चर्को रुपमा उठिरहेको छ । आन्दोलनमा सहभागी भएका केही प्रदर्शनकारीहरु पक्राउ पर्न थालेपछि गृहमन्त्रीको समेत आलोचना बढ्न थालेको  छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही समयमा गृह मन्त्रालयले जारी गरेको सूचनाले जेन–जी प्रदर्शनमा सहभागीहरुमाथि तत्काल कारवाही प्रक्रिया अघि नबढाइने बताएको छ । जेन–जी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगको क्षत्राधिकारभित्र पर्ने विषयमा तत्काल कारवाही अघि नबढाउने भएको हो । गृहले सूचना जारी गर्दै आयोगको कार्यक्षेत्रमा पर्ने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारवाही अघि नबढाइने बताएको हो । 

Ncell
Extreme Energy

गृहले जारी गरेको सूचनामा भनिएको छ, ‘आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा जिवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारवाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेको हुँदा आयोगबाट सो कार्यादेश बमोजिम राय सहितको प्रतिवेदन प्राप्त भएपश्चात नेपाल सरकारले कानुन बमोजिम गर्ने व्यहोरा जानकारी गराइन्छ । तसर्थ आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारवाही अगाडि नबढाइने तर गैर कानुनी रुपमा भएका र हुने गतिविधिमा कानुन अनुसार कारवाही हुने व्यहोरा समेत सबैमा जानकारी गराइन्छ ।’ 

सरकारले जेन–जी आन्दोलनबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग बनाएको छ । उक्त आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरिसकेको छ । आयोगले प्रतिवेदन बुझाएपछि नेपाल सरकारले कानुन बमोजिम गर्ने बताएको छ । त्यस्तै सूचनाको अन्तमा गैर कानुनी रुपमा भएका गतिबिधिमा कानुन अनुसार हुने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...