नेभिगेशन
मुख्य समाचार

यस्ता छन् आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको वर्गीकरण गरेर उचित राहत दिने निर्णय गरेको छ । 

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने र वर्गीकरणपछि घाइते भएका व्यक्तिहरुलाई वर्गीकरणको आधारमा उचित राहत दिने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले बताए ।

बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ भने घाइते भएका व्यक्तिहरूको पुनः उपचारका लागि अस्पतालहरू तोक्ने, ती अस्पतालहरूमा जेनजी क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।

बैठकले कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको आठौ बैठकमा सहभागी हुन ऊर्जामन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।

त्यस्तै मुग्लिङ–पोखरा सडकअन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तरको मुग्लिङ बजारको पारीपट्टी त्रिशूली किनार गोरखातर्फदेखि मस्र्याङदी नदीको बायाँ किनार हुँदै मस्र्याङदी विद्युत् गृहको पारीपट्टी गोरखातर्फसम्म थप सडकको रेखांकन स्वीकृत गर्ने र सडकको केन्द्र रेखाबाट दायाँ बायाँ १५–१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाइ

हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाइ

हुलाकी सडक आयोजना, जनकपुर खण्डको कुल चार सय तीन किलोमिटरमध्ये अब ६१ किलोमिटर खण्डमात्र कालोपत्र गर्न बाँकी रहेको छ । खण्डका काम धमाधम भइरहेको र कुनै अवरोध नभएका...
नेपाली व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य

नेपाली व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य

किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको मूल्यसूचीमा भारी वृद्धि भएको हो । यसअनुसार अति ठूलो ९एक्सएल० अण्डा प्रतिक्रेट...
दुर्गा प्रसाईको महाअभियानका सबै विरोध कार्यक्रम फिर्ता

दुर्गा प्रसाईको महाअभियानका सबै विरोध कार्यक्रम फिर्ता

सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गर्नुभएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर...
‘बोलेरो’  दुर्घटनामा मृत्यु

‘बोलेरो’  दुर्घटनामा मृत्यु

दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुर्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । बलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको...