नेभिगेशन
मुख्य समाचार

जेन–जी आन्दोलनमा दमन गर्नेमाथि सुरु भयो अनुसन्धान, केपी ओली सहित ५ जनाको पासपोर्ट रोक्का र काठमाडौँ छोड्न निषेध

काठमाडौँ । जेनजी आन्दोलनमा दमन गर्ने तत्कालिन सरकारका प्रधानमन्त्री सहित ५ जनामाथि अनुसन्धान अघी बढेको छ । अन्तरिम सरकारले गठन गरेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले ति नेता तथा कर्मचारीमाथि राहदानी रोक्का र काठमाडौँ उपत्यका छोड्न समेत स्थानहद सिफरिस गरेको हो । 

आज बसेको आयोगको बैठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका तत्कालिन प्रमुख हुतराज थापा र काठमाडौंका सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको आयोगका प्रमुख गौरीबहादुर कार्कीले सिधाकुरालाई बताए।

CG

यस्तै उनीहरुलाई काठमाडौँबाहिर जान समेत आयोगको स्वीकृति अनिवार्य गरिएको छ । अनुसन्धानका लागि जुनकुनैबेला बयान लिनुपर्ने भएको र सो घटनामा जिम्मेवार अधिकारीहरु भागन सक्ने भयका कारण सो निर्णय लिइएको आयोगले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

उदयपुरमा ४५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरिएको छ। साथै नगद ३८ हजार ६० रुपैयाँ,...
आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी...
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि...
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी: सरकारी अध्ययन

प्रतिव्यक्ति सबैभन्दा बढी जीवन चक्र घाटा ६५ वर्ष र सोभन्दा माथि उमेर समूहमा रहेको छभने समग्रमा सबैभन्दा बढी घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५–...