नेभिगेशन
समाज

जेन–जी आन्दोलनमा दमन गर्नेमाथि सुरु भयो अनुसन्धान, केपी ओली सहित ५ जनाको पासपोर्ट रोक्का र काठमाडौँ छोड्न निषेध

काठमाडौँ । जेनजी आन्दोलनमा दमन गर्ने तत्कालिन सरकारका प्रधानमन्त्री सहित ५ जनामाथि अनुसन्धान अघी बढेको छ । अन्तरिम सरकारले गठन गरेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले ति नेता तथा कर्मचारीमाथि राहदानी रोक्का र काठमाडौँ उपत्यका छोड्न समेत स्थानहद सिफरिस गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको आयोगको बैठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका तत्कालिन प्रमुख हुतराज थापा र काठमाडौंका सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको आयोगका प्रमुख गौरीबहादुर कार्कीले सिधाकुरालाई बताए।

Ncell
Extreme Energy

यस्तै उनीहरुलाई काठमाडौँबाहिर जान समेत आयोगको स्वीकृति अनिवार्य गरिएको छ । अनुसन्धानका लागि जुनकुनैबेला बयान लिनुपर्ने भएको र सो घटनामा जिम्मेवार अधिकारीहरु भागन सक्ने भयका कारण सो निर्णय लिइएको आयोगले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन...
राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले सिफारिस गरेका तीन अध्यादेशमध्ये राष्ट्रपतिले एउटा मात्रै जारी गरेका हुन्।

भर्खरै