नेभिगेशन
सबै कुरा

कोणसभा छोडेर घर पुगेका दुर्गा प्रसाईँ पत्रकार सम्मेलन गर्दै, भोलिबाट तिनकुनेमा निरन्तर आन्दोलन गर्ने तयारी

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्व समूहको प्रदर्शन असफल भएपछि कोणसभा छोडेर घर पुगेका प्रसाईँले घरबाटै भाेलिदेखि तिनकुनेमा आन्दाेलन जारी राख्ने बताएका छन् । 

राजसंस्था फर्काउने मूल मुद्दासहित  ‘राष्ट्र बचाउ महाअभियान’ को संयोजन गरेर आन्दोलनमा हामिएका प्रसाईँ पहिलो दिनमा नै कोणसभामा पुगेर छोटो सम्बोधन गरी घर लागेका हुन् । 

Dish Home
Global Ime Bank

उनी नेतृत्वको समूहको प्रदर्शनका लागि तोकिएको बल्खु क्षेत्रमा दुईपटकसम्म झडप भएपछि कोणसभानै छोडेर उनी भक्तपुरस्थित आफ्नो निवासमा पुगेका छन् । घरबाटै केही समयमा पत्रकार सम्मेलन गर्ने उनकाे तयारी छ ।  

बिहिबार महेश बस्नेत नेतृत्वको समूहले काठमाडौँको तिनकुनेमा र दुर्गा प्रसाईँ नेतृत्वको समूहले बल्खुमा प्रदर्शन गरेका थिए । तर प्रदर्शन सुरु हुनासाथ युवा संघ र दुर्गा प्रसाईँ नेतृत्वको समूहबिच बल्खुमै झडप भएको थियो । 

त्यसको केही समयपश्चात प्रसाईँ नेतृत्वकै समूह बल्खु छोडेर सिंहदरबार घेर्न भन्दै कालिमाटितर्फ अघि बढेपछि प्रहरीले उनीहरुलाई रोक्न खोज्दा झडप भएको थियो । प्रहरीले स्थिती नियन्त्रणका लागि पानीको फोहोरा साथै अश्रुग्याँस समेत प्रहार गरेको थियो । 

स्थिति तनावग्रस्त हुनुपूर्व नै बल्खु क्षेत्र छोडेर भक्तपुर पुगेका प्रसाईँले आफूहरुको प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रत्रकार सम्मेलन गर्ने भएका छन् । 

कार्यक्रमको संयोजक नै फरार भएपछि प्रदर्शनकारीहरु तितरबितर भएका छन् भने कार्यक्रमको कार्यतालिका नै बिग्रिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपाल बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले श्रेष्ठलाई ५ लाख...
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
अहिले अर्थविनाको युवा–युवा भनेर उचाल्ने प्रवृत्ति छ, जहाँ पनि युवा मात्रै भनेर हुँदैनः प्रधानमन्त्री

अहिले अर्थविनाको युवा–युवा भनेर उचाल्ने प्रवृत्ति छ, जहाँ पनि युवा मात्रै भनेर हुँदैनः प्रधानमन्त्री

“अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ । जहाँ पनि युवा मात्रै भनेर हुँदैन । कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । दक्षता,...

भर्खरै