नेभिगेशन
सबै कुरा

कोणसभा छोडेर घर पुगेका दुर्गा प्रसाईँ पत्रकार सम्मेलन गर्दै, भोलिबाट तिनकुनेमा निरन्तर आन्दोलन गर्ने तयारी

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्व समूहको प्रदर्शन असफल भएपछि कोणसभा छोडेर घर पुगेका प्रसाईँले घरबाटै भाेलिदेखि तिनकुनेमा आन्दाेलन जारी राख्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजसंस्था फर्काउने मूल मुद्दासहित  ‘राष्ट्र बचाउ महाअभियान’ को संयोजन गरेर आन्दोलनमा हामिएका प्रसाईँ पहिलो दिनमा नै कोणसभामा पुगेर छोटो सम्बोधन गरी घर लागेका हुन् । 

Ncell
Extreme Energy

उनी नेतृत्वको समूहको प्रदर्शनका लागि तोकिएको बल्खु क्षेत्रमा दुईपटकसम्म झडप भएपछि कोणसभानै छोडेर उनी भक्तपुरस्थित आफ्नो निवासमा पुगेका छन् । घरबाटै केही समयमा पत्रकार सम्मेलन गर्ने उनकाे तयारी छ ।  

बिहिबार महेश बस्नेत नेतृत्वको समूहले काठमाडौँको तिनकुनेमा र दुर्गा प्रसाईँ नेतृत्वको समूहले बल्खुमा प्रदर्शन गरेका थिए । तर प्रदर्शन सुरु हुनासाथ युवा संघ र दुर्गा प्रसाईँ नेतृत्वको समूहबिच बल्खुमै झडप भएको थियो । 

त्यसको केही समयपश्चात प्रसाईँ नेतृत्वकै समूह बल्खु छोडेर सिंहदरबार घेर्न भन्दै कालिमाटितर्फ अघि बढेपछि प्रहरीले उनीहरुलाई रोक्न खोज्दा झडप भएको थियो । प्रहरीले स्थिती नियन्त्रणका लागि पानीको फोहोरा साथै अश्रुग्याँस समेत प्रहार गरेको थियो । 

स्थिति तनावग्रस्त हुनुपूर्व नै बल्खु क्षेत्र छोडेर भक्तपुर पुगेका प्रसाईँले आफूहरुको प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रत्रकार सम्मेलन गर्ने भएका छन् । 

कार्यक्रमको संयोजक नै फरार भएपछि प्रदर्शनकारीहरु तितरबितर भएका छन् भने कार्यक्रमको कार्यतालिका नै बिग्रिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिए । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा...
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...