नेभिगेशन
सबै कुरा

तिनकुनेमा प्रशासनले अनुमति नदिएपछि सानोठिमी पुगेर प्रदर्शनमा उत्रिए प्रसाईँ समर्थक

तिनकुनेमा प्रशासनले प्रदर्शन गर्न अनुमति नदिएपछि दुर्गा प्रसाईँ नेतृत्वको समूहले भक्तपुरको सानोठिमीमा प्रदर्शन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार बल्खु क्षेत्रमा प्रदर्शनमा उत्रिएका उनीहरुले शुक्रबारदेखि निरन्तर काठमाडौँको तिनकुनेमा शक्ति प्रदर्शन गर्ने बताएका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रसाईँ समूहलाई तिनकुनेमा प्रदर्शन गर्न अनुमति नदिइएको साथै जबरजस्ती प्रदर्शनमा उत्रिए कारबाही गर्ने चेतावनी दिएको थियो । 

Ncell
Extreme Energy

प्रशासनको उक्त विज्ञप्तीपश्चात तिनकुनेमा प्रदर्शनका लागि पुगेका प्रसाईँ समर्थकलाई प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ । यतिसम्म कि उक्त क्षेत्र भएर हिँड्ने सर्वसाधारणलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

तिनकुनेमा प्रदर्शन गर्न नदिएपछि उनीहरु सानोठिमी पुगेर प्रदर्शन गरिरहेका छन् । उनीहरु कमेरोटारस्थित मुख्य सडकमा प्रदर्शन गरिरहेका छन् । जसका कारण पूरानो ठिमी हुँदै भक्तपुर जाने सडक अवरुद्ध भएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिए । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा...
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...