नेभिगेशन
सबै कुरा

तिनकुनेमा प्रशासनले अनुमति नदिएपछि सानोठिमी पुगेर प्रदर्शनमा उत्रिए प्रसाईँ समर्थक

तिनकुनेमा प्रशासनले प्रदर्शन गर्न अनुमति नदिएपछि दुर्गा प्रसाईँ नेतृत्वको समूहले भक्तपुरको सानोठिमीमा प्रदर्शन गरेका छन् । 

बिहिबार बल्खु क्षेत्रमा प्रदर्शनमा उत्रिएका उनीहरुले शुक्रबारदेखि निरन्तर काठमाडौँको तिनकुनेमा शक्ति प्रदर्शन गर्ने बताएका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रसाईँ समूहलाई तिनकुनेमा प्रदर्शन गर्न अनुमति नदिइएको साथै जबरजस्ती प्रदर्शनमा उत्रिए कारबाही गर्ने चेतावनी दिएको थियो । 

प्रशासनको उक्त विज्ञप्तीपश्चात तिनकुनेमा प्रदर्शनका लागि पुगेका प्रसाईँ समर्थकलाई प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ । यतिसम्म कि उक्त क्षेत्र भएर हिँड्ने सर्वसाधारणलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

तिनकुनेमा प्रदर्शन गर्न नदिएपछि उनीहरु सानोठिमी पुगेर प्रदर्शन गरिरहेका छन् । उनीहरु कमेरोटारस्थित मुख्य सडकमा प्रदर्शन गरिरहेका छन् । जसका कारण पूरानो ठिमी हुँदै भक्तपुर जाने सडक अवरुद्ध भएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको  पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक नियुक्तिको फैसलाले संवैधानिक सर्वोच्चताको मान्यतालाई गम्भीर असर पुर्याएको पूर्वन्यायाधीशहरूको टिप्पणी

संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारीको नियुक्तिलाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ।
रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो...
खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

‘नेपाल प्रिमियर लिग तपाईँहरुले आयोजना गर्नुपर्छ । तपाईँहरुले त्यसको तयारीमा लाग्नस् । त्यो खेलिनुपर्दछ, त्यो गर्वको विषय हो । त्यसकारण एनपिएल अगाडि बढाउने कुरामा मन्त्रालय, खेलकुद परिषद् र...
त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

भर्खरै