नेभिगेशन
सबै कुरा

तीनकुनेमा प्रहरीको ज्यादती, बाटो हिँड्नेदेखि घरभित्र बसेका समेत पक्राउ (भिडियाेसहित)

प्रहरीले काठमाडौंको तीनकुनेबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समर्थकहरुलाई नियन्त्रणमा लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy
citizen life

प्रसाईंको आह्वानमा प्रदर्शन गर्न तीनकुने पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रशासनको आदेशबिपरित प्रदर्शनका लागि तीनकुने पुग्नेहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

बिहीबार काठमाडौंको बल्खुमा कार्यक्रम गर्न अनुमति दिएपनि तीनकुनेमा भने कार्यक्रम गर्न नदिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको प्रशासनद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरि प्रचलित कानून बिपरितका गतिविधि गरे कानून बमोजिम कारवाही गरिने प्रशासनको चेतावनी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन सांसद पुनको आग्रह

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन सांसद पुनको आग्रह

सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिनु स्वागतयोग्य भएको बताएका हुन्।
नीति तथा कार्यक्रममा नयाँपन देखिएन्ः सांसद खुश्बु ओली

नीति तथा कार्यक्रममा नयाँपन देखिएन्ः सांसद खुश्बु ओली

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै उनले नीति तथा कार्यक्रम सुस्पष्ट नभएको र कहाँ पुग्ने भन्ने गन्तव्य तय नभएको उल्लेख गरेकी छन्।
आइसीसी विश्वकप लिग–२ः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

आइसीसी विश्वकप लिग–२ः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

अमेरिकाका लागि स्मित पटेलले ७२ तथा कप्तान मोनाङ्क पटेलले १२ रन बनाए । यसअघि आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङ...
कानुन निर्माणमा कर्मचारीतन्त्र हावि भयो,सांसदहरुलाई जिम्मेवार बनाऔँः विपिन आचार्य

कानुन निर्माणमा कर्मचारीतन्त्र हावि भयो,सांसदहरुलाई जिम्मेवार बनाऔँः विपिन आचार्य

उनले शक्ति पृथकीकरण र संसदीय सर्वोच्चताको वास्तविक अभ्यासका लागि कानुन निर्माणको प्रक्रियागत संरचनामा परिवर्तन गरी सांसदहरूलाई नै ड्राइभिङ सिटमा राख्नुपर्ने प्रस्ताव गरे। सांसद आचार्यले संसदमा देखिएका अवरोध र...