नेभिगेशन
सबै कुरा

तीनकुनेमा प्रहरीको ज्यादती, बाटो हिँड्नेदेखि घरभित्र बसेका समेत पक्राउ (भिडियाेसहित)

प्रहरीले काठमाडौंको तीनकुनेबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समर्थकहरुलाई नियन्त्रणमा लिएको छ । 


प्रसाईंको आह्वानमा प्रदर्शन गर्न तीनकुने पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रशासनको आदेशबिपरित प्रदर्शनका लागि तीनकुने पुग्नेहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

बिहीबार काठमाडौंको बल्खुमा कार्यक्रम गर्न अनुमति दिएपनि तीनकुनेमा भने कार्यक्रम गर्न नदिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको प्रशासनद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरि प्रचलित कानून बिपरितका गतिविधि गरे कानून बमोजिम कारवाही गरिने प्रशासनको चेतावनी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टी–२० विश्वकप छनोटमा नेपाल, कुवेत र जापान समूह ‘बी’ मा, अक्टोबर ८ मा पहिलो खेल

टी–२० विश्वकप छनोटमा नेपाल, कुवेत र जापान समूह ‘बी’ मा, अक्टोबर ८ मा पहिलो खेल

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटमा नेपाल, कुवेत र जापान समूह बी मा परेका छन्।
अनुशासन आयोगले गरेको कारबाहीमाथि पुनःविचार गर्न पार्टी सभापतिसमक्ष अनुरोध गर्ने कोइराला पक्षधरको निर्णय

अनुशासन आयोगले गरेको कारबाहीमाथि पुनःविचार गर्न पार्टी सभापतिसमक्ष अनुरोध गर्ने कोइराला पक्षधरको निर्णय

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको आरोप लगाएको छ ।
रसुवाको बाढीपीडितप्रति नाइमाको समवेदना, चाडपर्वमा आपूर्ति संकट गहिरिने चिन्ता

रसुवाको बाढीपीडितप्रति नाइमाको समवेदना, चाडपर्वमा आपूर्ति संकट गहिरिने चिन्ता

रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत र पूर्वाधार...
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक...

भर्खरै