नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँलाई नजरबन्दमा राखिएको भन्दै सर्वोच्चमा रिट

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। 

बिहिबार बल्खुमा प्रदर्शन गरेको प्रसाईँ नेतृत्वको समूहले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले विज्ञप्ती जारी गर्दै प्रसाईँ समूहलाई तिनकुनेमा प्रदर्शन गर्न अनुमति नदिएको बताएको थियो ।

प्रशासनले अनुमति नदिएसँगै तिनकुनेमा प्रदर्शन गर्न पुगेका प्रसाईँ समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । समर्थकलाई नियन्त्रणमा लिएसँगै प्रहरीले प्रसाईँलाई समेत उनकै निवासमा नजरबन्दमा राखेको छ ।

प्रसाईँलाई नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाइ रिट दर्ता गराएका हुन्  ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

उनले आज दिउँसो रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेर रविको पक्षमा हस्ताक्षर गरेका हुन् ।
स्याफ्रुबेसी–टिमुरे सडक पूर्ण रुपमा अवरुद्ध (तस्बिरहरु)

स्याफ्रुबेसी–टिमुरे सडक पूर्ण रुपमा अवरुद्ध (तस्बिरहरु)

असार २४ गते (मंगलबार) बिहान नेपाल चीन सीमामा पर्ने लेन्डेखोला (भोटेकोशी) मा आएको बाढीले रसुवाको स्याफ्रुबेसी–टिमुरे सडक पूर्णरुपमा अवरोध भएको छ । ठाउँ ठाउँमा गएको पहिरोका कारण सवारी...
बालेनले बोलाए कार्यपालिका बैठक, गुरागाईँलाई बिदा बस्न आग्रह

बालेनले बोलाए कार्यपालिका बैठक, गुरागाईँलाई बिदा बस्न आग्रह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले ६ महिनापछि शुक्रवार कार्यपालिका बैठक बोलाएका छन् । महानगर स्रोतका अनुसार शुक्रवार बिहान ११ बजे  स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक...

भर्खरै