नेभिगेशन
सबै कुरा

पाकिस्तान उडे सन्दीप, "भारत र पाकिस्तानसँग दिल खोलेर खेल्छौ"

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप–२०२३ खेल्न पाकिस्तान उडेका छन् । सोमबार विहान कतारको दोहा हुँदै पाकिस्तानतर्फ लागेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उनलाई विमानस्थल पुगेर विदाई गरेका थिए ।

पाकिस्तान उड्नु अघि सन्दीपले जीवनको कठिन समयमा भएपनि एसिया कप खेलका लागि आफू फिट रहेका बताएका छन् ।  

भारत र पाकिस्तासँग नेपाली टिम खेल्न पाउनु खुशीको कुरा भएकाले नेपाली दिल खोलेर खेल्न बताए ।

उनले भने दुइ बलिया टिमसँगको खेलबाट नेपाली टिमले धेरै सिक्न सक्ने छ ।

अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुने एसिया कपको  समूह ‘ए’ मा रहेको नेपालले दुई बलिया छिमेकी राष्ट्र पाकिस्तान र भारतसँग भिड्नेछ ।

नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग हुनेछ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइने भएपछि पाकिस्तान जाने बाटो खुलेको हो । 

सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...