नेभिगेशन
समाज

अख्तियार प्रमुखसहित सबै आयुक्तहरुको राजीनामा माग गर्दै अख्तियारमै निवेदन दर्ता

काठमाडौँ । प्रमुख आयुक्तको राजीनामा मागिएको निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । जेन–जी मुभमेन्ट अलायन्सले आज बिहान आयोगमा उजुरी दर्ता गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त निवेदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईका साथै सबै आयुक्तहरुको राजीनामा माग गरिएको छ । उक्त निवेदनको दर्ता नम्बर L-16402 रहेको छ । 

Ncell
Extreme Energy

जेन–जी मुभमेन्ट अलायन्सले मंगलबार संयुक्त रुपमा अख्तियार पुगेर राजीनामा दिनका लागि आग्रह गर्दै दवाव पत्र दर्ता गराएका हुन् । युवाहरुको दबाबपछि अख्तियारले उनीहरुले दबाब पत्र दर्ता समेत गरेको छ । अख्तियार प्रमुख आयुक्त राईको कार्यहरु राजनीतिक पक्षपाती रहेको र वाइडवडी घोटाला लगाएत धेरै भ्रष्टाचारका मुद्दाहरुमा राइको नाम मुछिएकाले राजीनामा दिन आग्रह गरिएको जेन–जी युवा रिजन राना मगरले बताए । उनले राइसहित अन्य सबै आयुक्तहरुको राजीनामा माग गर्दै अख्तियारमा निवेदन दर्ता गराएको जानकारी दिए । 

देशको भ्रष्टचार नियन्त्रण गर्ने एकमात्र निकायमा हाल रहेका प्रमुख आयुक्त र आयुक्तबाट भ्रष्टाचारका साथै दण्डहिनताको अन्त्य हुने नदेखिएकाले राजीनामा माग्नुपरेको मगरले बताए । युवाहरुले अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नियुक्ति गर्ने र पदमुक्त भएका आयोगका पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने जनाएका छन् । 

प्रमुख आयुक्त प्रेम कुमार राईलाई नै सम्बोधन गरिएको उक्त निवेदनमा भनिएको छ, ‘तपाईं लगायत अरु सम्पुर्ण आयुक्तको नियुक्ती संसदीय सुनुवाइ बिना नै पूर्वप्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढङ्गले भएको छ । यसले तपाईको निष्पक्षतामा ठुलो प्रश्न उठाउँछ । साथै, तपाईंका कार्यहरु राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको नाम वाईंड बडी घोटालालगायत धेरै भ्रष्ट्राचारका मुद्दाहरुमा मुछिएको पनि छ  । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाई र सिङ्गो अख्तियार दुरुपयोग अनुसन्धान आयोगक कार्यप्रणाली माथि प्रश्न उठाएको छ । यसले भ्रष्टाचार अन्त्य र दोषीलाइ कारबाही लगायतका सबै  पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला । तपाईको नेतृत्वमा यी कार्यहरु निष्पक्ष रुपले हुनसक्ला भत्रेमा कुनै विश्वसनिय आधार छैन । यस कारण , ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्नका लागी दिएको शाहदतलाई सम्मान गर्द नैतिकताको आधारमा तपाईं लगायत सम्पुर्ण आयुक्तलाई तत्काल राजिनामा दिनका लागी आह्वानका साथै यस पत्र मार्फत दबाब दिन्छौँ । 

Gen-Z-Akhtiyar_Nepal-Photo-Library-(6)-1759816415.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी...