नेभिगेशन
मुख्य समाचार

अख्तियार प्रमुखसहित सबै आयुक्तहरुको राजीनामा माग गर्दै अख्तियारमै निवेदन दर्ता

काठमाडौँ । प्रमुख आयुक्तको राजीनामा मागिएको निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । जेन–जी मुभमेन्ट अलायन्सले आज बिहान आयोगमा उजुरी दर्ता गरेको हो । 

उक्त निवेदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईका साथै सबै आयुक्तहरुको राजीनामा माग गरिएको छ । उक्त निवेदनको दर्ता नम्बर L-16402 रहेको छ । 

जेन–जी मुभमेन्ट अलायन्सले मंगलबार संयुक्त रुपमा अख्तियार पुगेर राजीनामा दिनका लागि आग्रह गर्दै दवाव पत्र दर्ता गराएका हुन् । युवाहरुको दबाबपछि अख्तियारले उनीहरुले दबाब पत्र दर्ता समेत गरेको छ । अख्तियार प्रमुख आयुक्त राईको कार्यहरु राजनीतिक पक्षपाती रहेको र वाइडवडी घोटाला लगाएत धेरै भ्रष्टाचारका मुद्दाहरुमा राइको नाम मुछिएकाले राजीनामा दिन आग्रह गरिएको जेन–जी युवा रिजन राना मगरले बताए । उनले राइसहित अन्य सबै आयुक्तहरुको राजीनामा माग गर्दै अख्तियारमा निवेदन दर्ता गराएको जानकारी दिए । 

देशको भ्रष्टचार नियन्त्रण गर्ने एकमात्र निकायमा हाल रहेका प्रमुख आयुक्त र आयुक्तबाट भ्रष्टाचारका साथै दण्डहिनताको अन्त्य हुने नदेखिएकाले राजीनामा माग्नुपरेको मगरले बताए । युवाहरुले अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नियुक्ति गर्ने र पदमुक्त भएका आयोगका पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने जनाएका छन् । 

प्रमुख आयुक्त प्रेम कुमार राईलाई नै सम्बोधन गरिएको उक्त निवेदनमा भनिएको छ, ‘तपाईं लगायत अरु सम्पुर्ण आयुक्तको नियुक्ती संसदीय सुनुवाइ बिना नै पूर्वप्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढङ्गले भएको छ । यसले तपाईको निष्पक्षतामा ठुलो प्रश्न उठाउँछ । साथै, तपाईंका कार्यहरु राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको नाम वाईंड बडी घोटालालगायत धेरै भ्रष्ट्राचारका मुद्दाहरुमा मुछिएको पनि छ  । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाई र सिङ्गो अख्तियार दुरुपयोग अनुसन्धान आयोगक कार्यप्रणाली माथि प्रश्न उठाएको छ । यसले भ्रष्टाचार अन्त्य र दोषीलाइ कारबाही लगायतका सबै  पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला । तपाईको नेतृत्वमा यी कार्यहरु निष्पक्ष रुपले हुनसक्ला भत्रेमा कुनै विश्वसनिय आधार छैन । यस कारण , ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्नका लागी दिएको शाहदतलाई सम्मान गर्द नैतिकताको आधारमा तपाईं लगायत सम्पुर्ण आयुक्तलाई तत्काल राजिनामा दिनका लागी आह्वानका साथै यस पत्र मार्फत दबाब दिन्छौँ । 

Gen-Z-Akhtiyar_Nepal-Photo-Library-(6)-1759816415.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छः नेता बस्नेत

रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छः नेता बस्नेत

नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएको जानकारीमा आएको उल्लेख गर्दै उक्त घटना लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेको टिप्पणी गरे ।...
चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल

समितिमा चलचित्र विधेयक, २०२६ लाई परिमार्जन गर्न सरोकार भएकाहरूसँग सुझाव सङ्कलन गरिएको थियो । सुझाव सङ्कलनका क्रममा आज चलचित्रकर्मी, निर्देशक, कलाकार, निर्मातालगायत चलचित्र उत्पादनसँग सम्बन्धित विभिन्न नौ सङ्घसंस्थाका...
मधेश प्रदेशमा ललितकला कार्यशाला

मधेश प्रदेशमा ललितकला कार्यशाला

त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि बिर्ता वीरगञ्ज–४ पर्सामा भएको कार्यशालामा बालबालिकाको उपस्थिति थियो । अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज वीरगञ्ज पर्सा र मैथिली विकास कोष, जनकपुरधामको सहकार्यमा गरिएको कार्यक्रममा...
नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढ्यो

आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ को बिन्दुमा पुगेको हो । आइतबार ३३४ कम्पनीको एक करोड ३३ लाख...