नेभिगेशन
सबै कुरा

भूकम्पपीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन माग

जाजरकोट भूकम्पपीडित सुत्केरी महिला र नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन राष्ट्रिय महिला आयोग र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले संयुक्तरुपमा गृह मन्त्रालय लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न गृहमन्त्रालयसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको आयोगका तर्फबाट अध्यक्ष कमला पराजुली र मञ्चका सचिवालयको तर्फबाट नवीनकुमार श्रेष्ठले  हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

 भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा पाँच वर्ष मुनिका १० हजार पाँच सय ६० बालबालिका प्रभावित छन् । यस्तै एक हजार तीन सय ६० जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने नौ सय सुत्केरी रहेका छन् । 

रुकुम पश्चिममा पाँच वर्ष मुनिका बालबालिका पाँच हजार पाँच सय ६७ जना प्रभावित भएको, गर्भवती एक हजार ६८ जना, सुत्केरी सात सय ३९ जना भूकम्पबाट प्रभावित रहेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त ध्यानाकर्षण प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समिति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि बोधार्थ दिइएको छ ।

 मञ्च, सेन्टर फर रिप्रोडक्टिभ राइट, आइपास, मेरी स्टोपस, कृपा, पिएसआई, सञ्चारिका, योसान, भिजिबल इम्पिक्ट, साथीलगायतका १४ वटा गैरसरकारी संस्थाले ध्यानकर्षणमा ऐक्यबद्धता जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो...
खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

खेलकुद क्षेत्रमा राजनीति गर्ने होइन, एनपीएल अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली

‘नेपाल प्रिमियर लिग तपाईँहरुले आयोजना गर्नुपर्छ । तपाईँहरुले त्यसको तयारीमा लाग्नस् । त्यो खेलिनुपर्दछ, त्यो गर्वको विषय हो । त्यसकारण एनपिएल अगाडि बढाउने कुरामा मन्त्रालय, खेलकुद परिषद् र...
त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

उनले आज दिउँसो रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेर रविको पक्षमा हस्ताक्षर गरेका हुन् ।

भर्खरै