नेभिगेशन
समाज

पोखराको लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्री बलरामलाई जोगाएर राजकुमार र रञ्जिताविरुद्ध मुद्दा दायर

काठमाडौँ । पोखराको लिचीबोट जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारका सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुप्तासहित नागरिक उन्मक्ती पार्टी नाउपाकी अध्यक्ष समेत रहेकी पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठका विरुद्ध पनि मुद्दा दायर भएको छ । पोखराको लिचीबोट जग्गा हत्याउन मन्त्री गुप्ता, पूर्वमन्त्री श्रेष्ठ सहित विचौलियाले डिल गरेको अडियो सिधाकुराले प्रसारण गरेको थियो । 

Ncell
Extreme Energy

मन्त्रीले घुस डिल गरेको अडियो ! दुई झोला नोट मन्त्रीलाई घुस |

उक्त अडियोमा मन्त्री गुप्ताले अर्का भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीको समेत नाम लिएर उनले पैसा खाइसकेको दाबी गरेका थिए । त्यसपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अख्तियारले दुई पूर्व मन्त्रीलाई मुद्दा चलाएपनि बलराम अधिकारीलाई भने जोगाएको छ ।  

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

पूर्वमन्त्री गुप्ताले भूमी आयोगका सदस्य नियुक्त गर्न बलराम अधिकारीले पैसा खाइसकेको बताएको अडियोमा सुनिएको थियो । 

राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठ अख्तियारको कठघरामा, गुुप्ताले नै पोलेका अर्का मन्त्री कहिले ?


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै