नेभिगेशन
मुख्य समाचार

पोखराको लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्री बलरामलाई जोगाएर राजकुमार र रञ्जिताविरुद्ध मुद्दा दायर

काठमाडौँ । पोखराको लिचीबोट जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारका सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको हो । 

गुप्तासहित नागरिक उन्मक्ती पार्टी नाउपाकी अध्यक्ष समेत रहेकी पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठका विरुद्ध पनि मुद्दा दायर भएको छ । पोखराको लिचीबोट जग्गा हत्याउन मन्त्री गुप्ता, पूर्वमन्त्री श्रेष्ठ सहित विचौलियाले डिल गरेको अडियो सिधाकुराले प्रसारण गरेको थियो । 

Global Ime Bank

मन्त्रीले घुस डिल गरेको अडियो ! दुई झोला नोट मन्त्रीलाई घुस |

उक्त अडियोमा मन्त्री गुप्ताले अर्का भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीको समेत नाम लिएर उनले पैसा खाइसकेको दाबी गरेका थिए । त्यसपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अख्तियारले दुई पूर्व मन्त्रीलाई मुद्दा चलाएपनि बलराम अधिकारीलाई भने जोगाएको छ ।  

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

पूर्वमन्त्री गुप्ताले भूमी आयोगका सदस्य नियुक्त गर्न बलराम अधिकारीले पैसा खाइसकेको बताएको अडियोमा सुनिएको थियो । 

राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठ अख्तियारको कठघरामा, गुुप्ताले नै पोलेका अर्का मन्त्री कहिले ?


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् ।
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन ।
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछ ।