नेभिगेशन
सबै कुरा

तिनकुनेमा प्रदर्शनमा गर्न अनुमति नपाएको प्रसाईँ समूहले सिफलमा प्रदर्शन गर्ने

दुर्गा प्रसाईँ नेतृत्वको समूहले शनिबार काठमाडौँको सिफलमा प्रदर्शन गर्ने भएको छ ।

बिहिबार बल्खु क्षेत्रमा प्रदर्शनमा उत्रिएका उनीहरुले शुक्रबारदेखि निरन्तर काठमाडौँको तिनकुनेमा शक्ति प्रदर्शन गर्ने बताएका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रसाईँ समूहलाई तिनकुनेमा प्रदर्शन गर्न अनुमति नदिइएको साथै जबरजस्ती प्रदर्शनमा उत्रिए कारबाही गर्ने चेतावनी दिएको थियो । 

प्रशासनको उक्त विज्ञप्तीपश्चात तिनकुनेमा प्रदर्शनका लागि पुगेका प्रसाईँ समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यतिसम्म कि उक्त क्षेत्र भएर हिँड्ने सर्वसाधारणलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

तिनकुनेमा प्रदर्शन गर्न नदिएपछि उनीहरु सानोठिमी पुगेर प्रदर्शन गरेका थिए भने उता स्वंम प्रसाईँलाई भने प्रहरीले निवासमै नजरबन्दमा राखेको छ । 

राजसंस्था फिर्ता ल्याउने, ऋणीहरुको ऋण मिनाहा गराउने लगायतका एजेण्डा बोकेर देशभरबाट सर्वसाधारण उतारेर आन्दोलनमा होमिएका प्रसाईँलाई प्रशासनले तिनकुनेमा प्रदर्शनमा रोक लगाएपछि उनले शनिबारदेखि काठमाडौँको सिफलमा प्रदर्शन गर्ने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनले बोलाए कार्यपालिका बैठक, गुरागाईँलाई बिदा बस्न आग्रह

बालेनले बोलाए कार्यपालिका बैठक, गुरागाईँलाई बिदा बस्न आग्रह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले ६ महिनापछि शुक्रवार कार्यपालिका बैठक बोलाएका छन् । महानगर स्रोतका अनुसार शुक्रवार बिहान ११ बजे  स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक...
टी–२० विश्वकप छनोटमा नेपाल, कुवेत र जापान समूह ‘बी’ मा, अक्टोबर ८ मा पहिलो खेल

टी–२० विश्वकप छनोटमा नेपाल, कुवेत र जापान समूह ‘बी’ मा, अक्टोबर ८ मा पहिलो खेल

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोटमा नेपाल, कुवेत र जापान समूह बी मा परेका छन्।
अनुशासन आयोगले गरेको कारबाहीमाथि पुनःविचार गर्न पार्टी सभापतिसमक्ष अनुरोध गर्ने कोइराला पक्षधरको निर्णय

अनुशासन आयोगले गरेको कारबाहीमाथि पुनःविचार गर्न पार्टी सभापतिसमक्ष अनुरोध गर्ने कोइराला पक्षधरको निर्णय

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको आरोप लगाएको छ ।
रसुवाको बाढीपीडितप्रति नाइमाको समवेदना, चाडपर्वमा आपूर्ति संकट गहिरिने चिन्ता

रसुवाको बाढीपीडितप्रति नाइमाको समवेदना, चाडपर्वमा आपूर्ति संकट गहिरिने चिन्ता

रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत र पूर्वाधार...

भर्खरै