नेभिगेशन
सबै कुरा

तिनकुनेमा प्रदर्शनमा गर्न अनुमति नपाएको प्रसाईँ समूहले सिफलमा प्रदर्शन गर्ने

दुर्गा प्रसाईँ नेतृत्वको समूहले शनिबार काठमाडौँको सिफलमा प्रदर्शन गर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार बल्खु क्षेत्रमा प्रदर्शनमा उत्रिएका उनीहरुले शुक्रबारदेखि निरन्तर काठमाडौँको तिनकुनेमा शक्ति प्रदर्शन गर्ने बताएका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रसाईँ समूहलाई तिनकुनेमा प्रदर्शन गर्न अनुमति नदिइएको साथै जबरजस्ती प्रदर्शनमा उत्रिए कारबाही गर्ने चेतावनी दिएको थियो । 

Extreme Energy
citizen life

प्रशासनको उक्त विज्ञप्तीपश्चात तिनकुनेमा प्रदर्शनका लागि पुगेका प्रसाईँ समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यतिसम्म कि उक्त क्षेत्र भएर हिँड्ने सर्वसाधारणलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

तिनकुनेमा प्रदर्शन गर्न नदिएपछि उनीहरु सानोठिमी पुगेर प्रदर्शन गरेका थिए भने उता स्वंम प्रसाईँलाई भने प्रहरीले निवासमै नजरबन्दमा राखेको छ । 

राजसंस्था फिर्ता ल्याउने, ऋणीहरुको ऋण मिनाहा गराउने लगायतका एजेण्डा बोकेर देशभरबाट सर्वसाधारण उतारेर आन्दोलनमा होमिएका प्रसाईँलाई प्रशासनले तिनकुनेमा प्रदर्शनमा रोक लगाएपछि उनले शनिबारदेखि काठमाडौँको सिफलमा प्रदर्शन गर्ने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन सांसद पुनको आग्रह

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन सांसद पुनको आग्रह

सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिनु स्वागतयोग्य भएको बताएका हुन्।
नीति तथा कार्यक्रममा नयाँपन देखिएन्ः सांसद खुश्बु ओली

नीति तथा कार्यक्रममा नयाँपन देखिएन्ः सांसद खुश्बु ओली

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै उनले नीति तथा कार्यक्रम सुस्पष्ट नभएको र कहाँ पुग्ने भन्ने गन्तव्य तय नभएको उल्लेख गरेकी छन्।
आइसीसी विश्वकप लिग–२ः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

आइसीसी विश्वकप लिग–२ः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

अमेरिकाका लागि स्मित पटेलले ७२ तथा कप्तान मोनाङ्क पटेलले १२ रन बनाए । यसअघि आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङ...
कानुन निर्माणमा कर्मचारीतन्त्र हावि भयो,सांसदहरुलाई जिम्मेवार बनाऔँः विपिन आचार्य

कानुन निर्माणमा कर्मचारीतन्त्र हावि भयो,सांसदहरुलाई जिम्मेवार बनाऔँः विपिन आचार्य

उनले शक्ति पृथकीकरण र संसदीय सर्वोच्चताको वास्तविक अभ्यासका लागि कानुन निर्माणको प्रक्रियागत संरचनामा परिवर्तन गरी सांसदहरूलाई नै ड्राइभिङ सिटमा राख्नुपर्ने प्रस्ताव गरे। सांसद आचार्यले संसदमा देखिएका अवरोध र...