नेभिगेशन
मुख्य समाचार

हमासको कब्जामा रहेको विपिन जोशी जिवित रहेको वासिङ्टन पोस्टको दाबी, परिवारमा आशा

काठमाडौँ । हमासले गाजामा बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको दाबी गर्दै वासिङ्टन पोस्टले समाचार प्रकाशन गरेको छ । हमासको कब्जामा रहेको २२ जना जीवित रहेको विश्वास गर्दै वासिङ्टन पोस्टले प्रकाशन गरेको सूचिमा विपिन जोशीको समेत विवरण रहेको छ । 

यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो। गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भइसकेको छ भने बन्धकहरू आज (आइतबार) वा सोमबारसम्म रिहा गरिने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताइसकेका छन्। 

CG

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलयमा आक्रमण गर्दा विपिन पनि अपहरणमा परेका थिए।  अहिले बन्धक रिहा गरिने खबरसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी निवासी महानन्द जोशीको परिवार सहित नेपालीहरुमा विपिन फर्किने आशा जागेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

आयोगले प्रदान गरेका चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल,...
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्सको साधारण शेयर

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्सको साधारण शेयर

विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त परिमाणको साधारण शेयरमा छिटोमा यही मङ्सिर २५ गतेसमम्म  बढीमा आगामी पुस ७...
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा साडे ८ अर्ब भष्ट्राचारको नालीबेली

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा साडे ८ अर्ब भष्ट्राचारको नालीबेली

आयोगले शुक्रबार विमानस्थल निर्माणमा संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेपछि आइतबार ति सबैविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । जसमा ५ जना पूर्वमन्त्री, १० जना भन्दा...
हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त...

भर्खरै