नेभिगेशन
समाज

हमासको कब्जामा रहेको विपिन जोशी जिवित रहेको वासिङ्टन पोस्टको दाबी, परिवारमा आशा

काठमाडौँ । हमासले गाजामा बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको दाबी गर्दै वासिङ्टन पोस्टले समाचार प्रकाशन गरेको छ । हमासको कब्जामा रहेको २२ जना जीवित रहेको विश्वास गर्दै वासिङ्टन पोस्टले प्रकाशन गरेको सूचिमा विपिन जोशीको समेत विवरण रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो। गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भइसकेको छ भने बन्धकहरू आज (आइतबार) वा सोमबारसम्म रिहा गरिने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताइसकेका छन्। 

Ncell
Extreme Energy

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलयमा आक्रमण गर्दा विपिन पनि अपहरणमा परेका थिए।  अहिले बन्धक रिहा गरिने खबरसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी निवासी महानन्द जोशीको परिवार सहित नेपालीहरुमा विपिन फर्किने आशा जागेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओलीलाई कन्पारो तताउने तीन बुँदा

ओलीलाई कन्पारो तताउने तीन बुँदा

नेकपा एमाले पुनर्गठन कार्यदलले तीन बुँदे सहमति गरेर सचिवालय बैठकमा तीनवटा प्रतिवेदनको एकीकृत स्वरूप पेस गरेको थियो। तर अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई कागजको टुक्रा (चिर्कटो) को संज्ञा...
राष्ट्रिय सभाबाट संक्रामक पशु रोग (नियन्त्रण) विधेयक पारित हुँदै, के छ विधेयकमा ?

राष्ट्रिय सभाबाट संक्रामक पशु रोग (नियन्त्रण) विधेयक पारित हुँदै, के छ विधेयकमा ?

राष्ट्रिय सभाले आज संक्रामक पशु रोग (नियन्त्रण) विधेयक पारित गर्दैछ ।
कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरी लगातार तेस्रो महिना प्रथम

कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरी लगातार तेस्रो महिना प्रथम

जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिना देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँके असार, साउन र भदौमा लगातार प्रथम भएको हो।
साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।