नेभिगेशन
समाज

इतिहास देखाउँदै जेनजीलाई महाविर पुनको आग्रह : गुटबन्दी र खुट्टा तानातानले देशलाई फाइदा हुँदैन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीहरुमा पनि  खुट्टा तानातान  र गुटबन्दी प्रवृती हावि हुँदै गएकोमा दुख व्यक्त गर्दै जेनजीसहित राष्ट्रलाई माया गर्ने सम्पूर्ण नेपालीलाई यस्तो नगर्न अपिल गरेका छन्। 
आइतबार बिहान सामाजिक सञ्जालमार्फत मन्त्रीले रणबहादुर शाह पालादेखिका इतिहास सुनाउँदै एकआपसमा झगडा गर्दा देशलाई फाइदा होइन, नोक्सान मात्रै हुने चेतावनी दिएका छन्। 
उनले भनेका छन्, ‘राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन नि, झनै धेरै नोक्सान हुन्छ । 
‘त्यसैले अहिलेको परिप्रेक्ष्यमा देश विकास र सार्वभौमसत्ताको रक्षाको लागि गुटबन्दी नगरौँ भन्ने मेरो अनुरोध जेनजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई फाइदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पानाबाट पनि सिकौँ, उनले भनेका छन् । उनले लेखेका छन् :

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा होइन नि झनै धेरै नोक्सान हुन्छ। त्यसैले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगरौं भन्ने मेरो अनुरोध जेन-जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पाना बाट पनि सिकौं।

Ncell
Extreme Energy

१) नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्धविक्रम र राजेन्द्रविक्रम शाहको पालासम्म आइपुग्दा चरम विन्दुमा पुगिसकेको थियो। त्यसैको परिणामस्वरूप नेपाली जनताले १०४ वर्षसम्म निरकुंश राणातन्त्र बेहोर्नुपऱ्यो।

२) राणातन्त्र सुरु भएपछि प्रधानमन्त्री वीरशमशेरकै पालादेखि गुटबन्दी सुरु भयो। उनीहरूले राणा खलकलाई नै क वर्ग, ख वर्ग, ग वर्गका राणाहरूमा वर्गीकरण गरेर गुटबन्दी सुरु गरे र एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे। त्यसरी उनीहरू कमजोर भएर २००७ सालमा जनक्रान्तिद्वारा हटाइए।

३) २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि २०१५ सालसम्म संसदीय चुनाव हुन सकेन। त्यसको खास कारण त्यतिबेला जन्मेका र जन्मँदैगरेका राजनैतिक दलहरूको बिचमा खुट्टा तानातान भयो। फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए। अनि धेरै नै ढिलो भए पनि २०१५ सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकारलाई विघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए। त्यो अवसरको सिर्जना त्यति बेलाको राजतैनिक समूहबिचको गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले सिर्जना गरेको थियो।

४) २०१७ सालदेखि २०४६ सालसम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासनभित्र राजनैतिक दलहरू नभए पनि विभिन्न गुटहरू थिए। सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुटजस्ता धेरै गुटहरू थिए र आपसमा खुट्टा तानातान गर्थे। अनि राजखलक भित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरू थिए र राजा वीरेन्द्रको कदमलाई असफल पार्ने चालबाजी खेल्थे। त्यही कारणले गर्दा पञ्चायती व्यवस्था कमजोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो।

५) २०४६ सालदेखि २०८२ सालको अचानक विस्फोटन भएको जेनजी आन्दोलन सुरु भएको दिनसम्मको इतिहास निष्पक्ष भएर विश्लेषण गरौँ र गर्नुहोस्। लोकतन्त्र आएपछि जेनजी आन्दोलन सुरु हुँदासम्म राजनैतिक पार्टीहरूबिच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ। त्यसैको परिणामस्वरूप जेनजीहरू र आम जनताहरू मिलेर विस्फोटनस्वरूप आन्दोलन गरेको हो। आन्दोलन जेनजीहरूले सुरुवात गरेको भए तापनि आम जनताले सहयोग गरेका छन्। किनभने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्बाद भएको देख्न नसकेर चरम आक्रोशित भएका थिए।

६) यो माथिको इतिहास हेरेर जेन-जीहरुले पाठ सिक्न अनुरोध छ। तपाईंहरू भनेको एउटा निश्चित उमेरको युवाहरूको समूह हो। तपाईंहरूको राजनितिक संगठन छैन। तपाईंहरूले देशमा सुशासन ल्याउन चाहनुहुन्छ र भ्रष्टाचार निर्मूल पार्न चाहनुहुन्छ। अनि तपाईंहरूले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नुभएको छ। यो सपना पूरा गर्नका लागि तपाईंहरूमा एकताको अत्यन्तै खाँचो देखेको छु। किनभने तपाईंहरूबिचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदै छ। मातृभूमिको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु कि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनुहोस्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२४ कम्पनीलाई आइपिओ बिक्रीका लागि अनुमति प्रदान

२४ कम्पनीलाई आइपिओ बिक्रीका लागि अनुमति प्रदान

बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । बोर्डका अनुसार कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता...
राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

तेत्तीसौँ मदन–आश्रित दिवसका अवसरमा ‘मदन–आश्रित प्रतिष्ठान’द्वारा आइतबार यहाँ आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या...
वीरगञ्जमा नयाँ प्रशासकीय अधिकृतलाई हाजिर नगराउन मेयरले डाके वडाध्यक्ष सहितको बैठक

वीरगञ्जमा नयाँ प्रशासकीय अधिकृतलाई हाजिर नगराउन मेयरले डाके वडाध्यक्ष सहितको बैठक

वडा नं ४ का वडाध्यक्ष जगत साहका अनुसार संघ सरकारले सोमबारसम्म अर्को प्रशासकीय अधिकृत नपठाए महानगरका जनप्रतिनिधि मन्त्रालयमै गएर दबाब दिने तयारी छ । उनले सोमबार दिउँसो ३...
विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः  सभापति थापा

विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आइतबार आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताएका...