नेभिगेशन
मुख्य समाचार

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरूद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिए । नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो ।

CG

युएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो । समूह चरणको छनोट खेलमा नेपाल र युएई अपराजित छन् । दुवै टोलिसँग समान दुई–दुई अङ्क छन् ।  
विश्वकप छनोटमा सहभगिता जनाउनको लागि पनि आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...
१ हजार १ सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै, नेपालले धान्न सक्ने बाघको सङ्ख्या कति ?

१ हजार १ सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै, नेपालले धान्न सक्ने बाघको सङ्ख्या कति ?

नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै...
बसन्तपुरमा यसरी मनाइयो राष्ट्रिय झण्डा दिवस (तस्बिरहरु)

बसन्तपुरमा यसरी मनाइयो राष्ट्रिय झण्डा दिवस (तस्बिरहरु)

संयुक्त राष्ट्रसङ्घमा  नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (मंगलबार) आठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
मुग्लिन–पोखरा सडकअन्तर्गतको मादी पुल निर्माणको अन्तिम चरणमा

मुग्लिन–पोखरा सडकअन्तर्गतको मादी पुल निर्माणको अन्तिम चरणमा

उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार पुल निर्माण तीव्रगतिमा अगाडि बढाइएको छ ।