नेभिगेशन
क्रिकेट

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरूद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ओमान क्रिकेट एकेडेमीको मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिए । नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो ।

Ncell
Extreme Energy

युएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो । समूह चरणको छनोट खेलमा नेपाल र युएई अपराजित छन् । दुवै टोलिसँग समान दुई–दुई अङ्क छन् ।  
विश्वकप छनोटमा सहभगिता जनाउनको लागि पनि आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै छ ।

भर्खरै