नेभिगेशन
समाज

जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

काठमाडौँ । गत भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरुको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका सवारीसाधनका कागजातको पुनः प्राप्तिका लागि निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने जनाइएको छ । आगजनीका कारण  ट्राफिक कार्यालयमा रहेका सवारीसाधनका कागजात, सवारीचालक अनुमतिपत्र, दर्ता किताब, जरिवाना विवरणलगायतका महत्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए ।

Ncell
Extreme Energy

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’मा क्लिक गरी फारम भर्न सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । निवेदन सबमिट भएपछि आवेदन नम्बर आउँछ ।

पछि चेक एप्लिकेसनमा उक्त नम्बर राख्दा क्यूआर कोडसहितको सिफारिस पत्र सेवाग्राहीले प्राप्त गर्छन् । उनले भने, “क्युआर कोडको सिफारिस पत्रसहित सम्बन्धित यातायात कार्यालयमा सेवाग्राहीले जानुपर्ने हुन्छ । यसबाट सेवाग्राहीको समयको बचत हुनुको साथै ट्राफिक प्रहरी कार्यालयमा कामको चाप कम हुन जान्छ ।” 

साथै कुनै व्यक्तिको कागजात जलेको छ र ट्राफिक प्रहरीले पहिले नै काटेको २४ घण्टे पुर्जी वा सिफारिस पत्रका आधारमा  हाललाई सवारीसाधन सञ्चालन गर्न सकिने प्रवक्ता सुवेदीले बताए ।  उनले भने, “सवारीचालक अनुमतिपत्र नभए पनि, यदि ट्राफिक प्रहरीले पहिले काटेको २४ घण्टे पुर्जी वा कुनै प्रमाण रहेको छ भने सोहीलाई आधार मानेर सवारी चलाउन दिइनेछ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।