नेभिगेशन
सबै कुरा

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । बैठक आज दिउँसो १२ ः ३० बजे सुरु हुनेछ । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन दिनसम्म बैठक बस्न लागेको जानकारी दिए । 

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहने बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले बताए । 

Dish Home
Global Ime Bank

बैठकमा सहभागी हुन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र पार्टी सांसद आउने क्रम जारिरहेको उनले बताए । प्रतिनिधिसभा सदस्य मनिष झाले मधेस प्रदेशमा सङ्गठन निर्माणलगायत विषयमा केन्द्रित हुन रणनीतिकरूपमा बैठकले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बताए । 

रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेस प्रदेशमै छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपाल बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले श्रेष्ठलाई ५ लाख...
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।