नेभिगेशन
सबै कुरा

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । बैठक आज दिउँसो १२ ः ३० बजे सुरु हुनेछ । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन दिनसम्म बैठक बस्न लागेको जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहने बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले बताए । 

Ncell
Extreme Energy

बैठकमा सहभागी हुन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र पार्टी सांसद आउने क्रम जारिरहेको उनले बताए । प्रतिनिधिसभा सदस्य मनिष झाले मधेस प्रदेशमा सङ्गठन निर्माणलगायत विषयमा केन्द्रित हुन रणनीतिकरूपमा बैठकले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बताए । 

रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेस प्रदेशमै छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिए । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा...
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...