नेभिगेशन
मुख्य समाचार

नेपाली सेनाको ब्रिफिङः जेनजी आन्दोलनमा मर्ने २२ जना मात्रै प्रदर्शनकारी, ४१ जनाको मृत्युको कारण के ?

काठमाडौँ । भदौ २३ र २४ गते जेनजी आन्दोलन क्रममा भएका भौतिक एवं मानवीय क्षतिबारे सेनाले विवरण सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले जेनजी आन्दोलनमा नेपालभर ४८४ स्थानमा प्रदर्शन भएको उल्लेख गरेको छ । 
नेपाली सेनाका अनुसार आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० कैदी र अन्य ४१ जनाको मृत्यु भएको छ । उनीहरुको को बाट कसरी मारिए भन्ने विषय स्पष्ट नभएको उल्लेख गर्दै नेपाली सेनाले आगजनी, तोडफोड, लुटपाट तथा आफैले गरेको आगजनीमा परेर भएको हुन सक्ने आशंका गरेको छ । 

यस्तै, ६८८ सरकारी कार्यलय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलको पार्टी कार्यालय र ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको सेनाले बताएको छ।

CG

यसैगरी, आन्दोलन क्रममा विभिन्न कारागारबाट भागेका १५ हजार ५ सय ८८ जना फरार भएका कैदीबन्दीमध्ये ८ हजार ७ सय ९९ जना पक्राउ र फिर्ता भएका सेनाले भनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वर्तमान सरकारको ध्यान आगामी निर्वाचन र सुशासनमा केन्द्रित छ: मन्त्री खरेल

वर्तमान सरकारको ध्यान आगामी निर्वाचन र सुशासनमा केन्द्रित छ: मन्त्री खरेल

आइतबार सिंहदरबारमा प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त हुनुभएका डा.कुमार शर्मा आचार्यलाई नियुक्त पत्रका प्रदानका साथै शुभकामना व्यक्त गर्दै मन्त्री खरेलले निर्वाचनलाइ सफल बनाउन, भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासन कायम...
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को १६औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उनले विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त जिम्मेवारीबमोजिम निर्वाचनलाई केन्द्रमा राखेर सफलतापूर्वक सम्पन्न गर्ने पक्षमा होमिएको बताएका...
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन ।
यि हुन् प्रतिवादी बनाइएका उच्च पदस्थ कर्मचारी

यि हुन् प्रतिवादी बनाइएका उच्च पदस्थ कर्मचारी

अख्तियारले मुद्दा दायर गर्ने चरणमा रहेको आरोप पत्रअनुसार सर्वोच्च अदालतका पूर्वरजिष्टार तथा समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमल्सिना, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्वसचिव सुशील घिमिरे, सुरेशमान...