नेभिगेशन
मुख्य समाचार

एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा हुने

काठमाडौँ । नेकपा एमालेले पार्टीको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ । 

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावलाई पारित गर्दै ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

CG

बैठकले संसद् पुनस्र्थापनाको विकल्प नभएको निष्कर्ष निकाल्दै यसका लागि लोकतन्त्र र संविधान पक्षहरुसँग सहकार्य गर्ने निर्णय भएको बताए ।

त्यस्तै बैठकले संसद् पुनस्र्थापनामा एमालेको जोड भएपनि पार्टी निर्वाचनबाट नभाग्ने भन्दै निर्वाचनको वातावरण बनाउन माग गरेको छ । बैठकले मुलुकमा राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने र त्यसका लागि पार्टी एकताबद्ध भएर अघि बढने निर्णय गरेको गौतमले बताए ।

जेनजी आन्दोलनका क्रममा भएको घुसपैठको स्वतन्त्र निष्पक्ष छानविन गर्दै दोषिलाई कारवाही गर्न बैठक माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
५ पूर्वमन्त्री, १० जना पूर्वसचिवसहित ५५ जना विरुद्ध ८ अर्ब भ्रष्टाचारको अभियोग

५ पूर्वमन्त्री, १० जना पूर्वसचिवसहित ५५ जना विरुद्ध ८ अर्ब भ्रष्टाचारको अभियोग

उनीहरु विरुद्ध ८ अर्ब रुपैयाँ विगो कायम गरेर मुद्दा चलाउने निर्णय भएको अख्तियारले जनाएको छ । शुक्रबार भएको सो निर्णय बमोजिम आज आइतबार मुद्धा दायर गर्न आरोप पत्र...
युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा छानबिन समिति गठन

युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा छानबिन समिति गठन

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटना बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल...
मधेस प्रदेशमा तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथग्रहण

मधेस प्रदेशमा तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथग्रहण

मुख्यमन्त्री यादव मधेस प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् । उनलाई नेपाली कांगे्रस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी...
गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु

“आज हामी सबैका लागि अत्यन्त पीडादायी दिन हो”, मुख्यमन्त्री सावन्तले विज्ञप्तिमा उल्लेख गरेका छन्, “२५ जनाले ज्यान गुमाउनुभएको छ र छ जना घाइते हुनुभएको छ ।” उनले पत्रकारहरूसँग...