नेभिगेशन
मुख्य समाचार

काठमाडौँका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान कार्य सम्पन्न हुने चरणमा पु¥याएको छ । हाइ मास्ट बत्ती राख्न आवश्यकता देखिएका ७० वटा चोकमध्ये पहिलो चरणमा ६२ वटा चोकमा पोल गाडेर अहिले बत्ती जडानको  काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए ।

९ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको यस कार्यका लागि सार्वजनिक खरिद प्रक्रियामा ९ करोड ८५ लाख २२ हजार १४४ रुपियाँमा काम भएको हो । २०८१ पुस २३ गते निर्माण पक्षसँग महानगरपालिकाले सम्झौता गरेर कामको जिम्मा दिएको हो । 

Dish home
City Express

यो काम सक्नु पर्ने अवधि आउँदो पुस ३० गतेसम्म भए पनि तिहार पर्वको उल्लासका लागि बत्ती जडान गर्ने लक्ष्यसहित काम गरिएकोले तिहार अघि नै काम सकिएको, महाशाखा प्रमुख नेपालीले जानकारी दिए ।

‘६२ वटा चोकमध्ये २१ वटा चोकमा १२ दशमलव ५ मिटरका पोल जडान गरिदै छ । यस पोलमा ६ वटा बत्ती जडान हुदै छ’ महाशाखा प्रमुख नेपालीले भने, ‘४१ वटा चोकमा १६ मिटर अग्ला पोल गाडिनेछन् । यी पोलमा ८ वटा बत्ती हुनेछन् ।’

यी बत्तीहरु १ हजार वाट क्षमताका हुन् । सेफ्टवेयर प्रणालीमा आधारित यी बत्तीहरु आवश्यकताका आधारमा चर्को र मधुरो प्रकाशमा बाल्न मिल्छ । 

कुनकुन चोकमा जोडिएको छ हाइमास्ट लाइट
मनोहरा पार्क नरेफाँट, जडीबुटी चोक, कोटेश्वर चोक, तीनकुनेका तीन कुनामा एकएक वटा, अन्तरराष्ट्रिय विमान स्थल प्रवेश द्वार अगाडि र वहिर्गमन द्वार अगाडि, तिलगंगा, गौशाला, मित्रपार्क, गौरी घाट, चावहिल चोक, चुच्चेपाटी चोकमा हाइमास्ट बत्ती जडान गरिएको हो । 

यस्तै सुकेधारा चोक, शिक्षण अस्पताल महाराजगञ्ज चोक, कान्ति अस्पताल, नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि, बानेश्वर चोक, बिजुली बजार आर्क ब्रिज, माइतीघर मण्डला क्षेत्रको नयाँ बानेश्वर तर्फ, नेपाली सेनाको कम्पाउण्डतर्फ र सिंहदरबारतर्फ गरी ३ ठाउँमा, बालाजु बाइपास, बालाजु चोक, नयाँ बस पार्कमा २ वटा, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अगाडि, सोह्रखुट्टे चोक, लैनचौर ग्राउण्ड, लाजिम्पाट, दूग्ध विकास संस्थान अगाडि, गैरीधारा, नारायणहिटी, पब्लिक युथ क्याम्पस, इन्द्रायणी मन्दिर, टेकु पुल, कालीमाटी चोक, कालीमाटी ट्राफिक आइल्याण्ड, कालीमाटी तरकारी बजार, थापाथली पुल नजिक बत्ती राखिएको छ । 

त्रिपुरेश्वर चोक, थापाथली, भद्रकाली, सुन्धारा, न्युरोड गेट, बीर अस्पताल अगाडिको चोक, असन चोक, बसपार्कको मुख्य प्रवेश द्वार, कलंकी चोक, डल्लु पुल वारि एउटा र पारि एउटा, परोपकार, छाउनी वीरेन्द्र सैनिक अस्पताल अगाडि, स्वयम्भू भगवान पाउ, नारायण चौर, लगन, दरबारमार्गबाट रत्नपार्क तर्फको खण्ड, जमल, कान्तिपथ, वडा नम्बर ६ को शान्ति पार्कमा हाइ मास्ट जडान गरिएको छ । 

सडक बत्तीका लागि काम थालिँदै 
काठमाडौँमा रातको समयमा पनि निर्धक्क हिँड्न सक्ने वातावरणका लागि चाहिने प्रकाश व्यवस्था गर्न महानगरपालिकाले करिब ९० करोड रुपैयाँ लागतमा सडक बत्तीको व्यवस्था गर्दैछ’ महाशाखा प्रमुख नेपालीले भने ‘रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन महानगरपालिकाले आधुनिक बत्ती जडान गर्न लागेको हो ।’

स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर कायम गराउन, रात्रीकालीन सहरी सौन्दर्यलाई एकनाशको बनाउन ५ हजार ३१८ वटा पोलमा १३ हजार ३४० वटा बत्ती राखिँदैछन् । 

यो काम अहिले सार्वजनिक खरिद प्रक्रियामा छ । यसका लागि २०८२ असोज १२ गते सार्वजनिक सूचना प्रकाशित भएको छ । काठमाडौँको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर काम गर्ने योजना अनुरुप ४ वटै प्याकेजमा प्रक्रिया अगाडि बढेको नेपालीले बताए ।

पूर्व क्षेत्रमा वडा नं। ६, ७, ८, ९, १०, ३१ र ३२  गरी ७ वटा वडा पर्छन् । वहुवर्षिय योजना अन्तर्गत यी वडामा सडक बत्ती राख्न २६ करोड रुपियाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ६० वाट क्षमताका १ हजार वटा, ९० वाट क्षमताका २ हजार १५० वटा र १२० वाट क्षमताका ६ सय सडक बत्ती राखिनेछन् । 

उत्तर क्षेत्रमा वडा नं। १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस क्षेत्रमा सडक बत्ती राख्न वहुवर्षिय योजना अन्तर्गत २८ करोड रुपियाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ६० वाट क्षमताका ९ सय वटा, ९० वाट क्षमताका २ हजार ५ सय वटा र १२० वाट क्षमताका ६३० वटा बत्ती राखिनेछन् । 

मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं। ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । वहु वर्षे योजना अन्तर्गत यस क्षेत्रमा सडक बत्ती राख्न १२ करोड रुपियाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ६० वाट क्षमताका ८७० वटा, ९० वाट क्षमताका ८६० वटा र १२० वाट क्षमताका १ सय वटा बत्ती राखिनेछन् । 

पश्चिम क्षेत्रमा वडा नं। १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रमा सडक बत्ती राख्नका लागि बहुवर्षे योजना अन्तर्गत २४ करोड रुपियाँ विनियोजन गरिएको छ । यसअन्तर्गत ६० वाट क्षमताका ८ सय वटा, ९० वाट क्षमताका २ हजार ४३० वटा र १२० वाट क्षमताका ४८० वटा बत्ती राखिनेछन् ।  

यस अघि महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता गरेर सहरका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गरिएका छन् । 

११ करोड ९९ लाख ७४ हजार ९२५ रुपियाँ लागतको ६० प्रतिशत रकम काठमाडौँ महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोरेर काम भएको हो । दुई साझेदार कार्यालयको सहभागितामा गरिएको कामका लागि सडक विभागसँग सहमति लिइएको थियो । 

यो काम अन्तर्गत महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइती घर मण्डलादेखि बागबजार सम्म, बागबजारदेखि शितल निबाससम्म, सिनामंगल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमलपोखरीसम्म, चावहिलदेखि जोरपाटीसम्म बत्ती जडान गरिएको हो । 

यसै गरी विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र रजिस्ट्रार प्राडा विनोद लेखकलगायतको टोलीले शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर  क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग...
प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

सैनिक मुख्यालय जङगी अड्डामा आइतबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेप्से परिसूचक १६ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ अङ्कले बढ्यो

आइतबार ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९...
तत्कालीन महानिर्देशक मिश्रासहित १४ जनाउपर भ्रष्टाचारको अभियोगमा आरोपपत्र दायर

तत्कालीन महानिर्देशक मिश्रासहित १४ जनाउपर भ्रष्टाचारको अभियोगमा आरोपपत्र दायर

निजहरूले लागत अनुमान तयार गर्दा सम्झौताको सर्तबमोजिम  सम्पूर्ण सामग्री प्राप्त नै नभएको अवस्थामा बद्नियत राखी सम्पूर्ण सामग्री आएको भनी गलत दाखिला प्रतिवेदन, झुठो बीलबिजकलगायत तयार गरी/गराई भुक्तानी दिइ...