नेभिगेशन
मुख्य समाचार

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन: कुलमान घिसिङ

काठमाडौँ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको बताएका छन् ।

मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

CG

“सूचनारसमाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु’’, उनले भनेका छन, “मसँग कुनै छलफल र सल्लाह नै नगरी दुषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु ।’’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकारमा पुग्यो रास्वपा !

सरकारमा पुग्यो रास्वपा !

बालेन र कुलमानसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भः डिपी अर्याल

बालेन र कुलमानसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भः डिपी अर्याल

उनले लेखेका छन्, ‘बलियो राजनीतिक शक्ति बन्ने अभियानमा रास्वपा थप विस्तारित र  सुदृढ बन्दै छ । बालेन र कुलमानजीसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भ...
रास्वपामा कुलमानलाई रवि पछिको वरियता, उज्यालो नेपाल पार्टी रास्वपामा विलय

रास्वपामा कुलमानलाई रवि पछिको वरियता, उज्यालो नेपाल पार्टी रास्वपामा विलय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति भएको छ। कमलादीस्थित रास्वपा केन्द्रिय सदस्य असिम शाहको कार्यालयमा भएको उक्त सहमतिमा कुलमानलाई...
नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम...