नेभिगेशन
सबै कुरा

बालेनको गाँउमा रवि लामिछानेको घरदैलो

काठमाडौँ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको छेको पारेर एक साता देखि मधेश प्रदेशमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका नेताहरु घरदैलो गर्दै मंगलबार महोत्तरीका टोलटोलमा पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद तथा नेताहरु ७ समूह बनाएर बिहान ७ बजेबाट महोत्तरीको खैरा टोल, रामगोपालपुर, पर्सा टोल, पोखरभिण्डा, बगरा, एकडाँरा र खखनामा घरदैलो गरिएको सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए । 

Ncell
Extreme Energy

घरदैलोको घरमा सभापति लामिछानेको भागमा एकडाँरा गाउँ परेको थियो । जुन काठमाडौँका  मेयर बालेन्द्र शाह (बालेन) को गाँउ पनि हो । 

एकडाँरामा पुगेका सभापति लामिछानेसँग स्थानीयहरुले मधेशका गाउँको स्वास्थ्य र विकासमा केन्द्रीय नेताहरुले चासो नदिएकोमा गुनासो गरे । त्यस्तै शिक्षा, खानेपानी तथा कृषिका लागि पूर्वाधार विकासमा बजेट छुट्टिएको सुन्ने गरेपनि गाउँमा कहिल्यै नपुगेको उनीहरुको गुनासो छ। 

साथै एकडाँरा गाउँका स्थानीय राजनीतिमा नयाँ अनुहार आएकोमा भने आशावादी देखिए । आफ्नै गाउँको छोरा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि एकडाँराका स्थानीय पनि हर्षित छन् । निर्वाचन हुनुभन्दा केहि पहिला गाउँ पुगेपनि निर्वाचित भएपछि बालेन गाउँ गएका छैनन् । 

रास्वपाका सभापति लामिछाने सहित सबै नेताहरु अहिले मधेशमा छन् । सोमबारबाट  केन्द्रिय समिति  र संसदिय दलको बैठक सुरु भएपनि लामिछाने भने गत शुक्रबारबाटै मधेशका विभिन्न भेलाहरुमा सहभागी भैरहेका थिए । 

बुधबारसम्म चल्ने बैठकमा पार्टी र नेताहरुको समिक्षा, दस्तावेज माथि छलफल, महाधिवेशनको प्रक्रिया तथा नेताहरुको भुमिका हेरफेर समेत गर्ने  जनाइएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।

भर्खरै