नेभिगेशन
सबै कुरा

बालेनको गाँउमा रवि लामिछानेको घरदैलो

काठमाडौँ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको छेको पारेर एक साता देखि मधेश प्रदेशमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका नेताहरु घरदैलो गर्दै मंगलबार महोत्तरीका टोलटोलमा पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद तथा नेताहरु ७ समूह बनाएर बिहान ७ बजेबाट महोत्तरीको खैरा टोल, रामगोपालपुर, पर्सा टोल, पोखरभिण्डा, बगरा, एकडाँरा र खखनामा घरदैलो गरिएको सभापति लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए । 

Ncell
Extreme Energy

घरदैलोको घरमा सभापति लामिछानेको भागमा एकडाँरा गाउँ परेको थियो । जुन काठमाडौँका  मेयर बालेन्द्र शाह (बालेन) को गाँउ पनि हो । 

एकडाँरामा पुगेका सभापति लामिछानेसँग स्थानीयहरुले मधेशका गाउँको स्वास्थ्य र विकासमा केन्द्रीय नेताहरुले चासो नदिएकोमा गुनासो गरे । त्यस्तै शिक्षा, खानेपानी तथा कृषिका लागि पूर्वाधार विकासमा बजेट छुट्टिएको सुन्ने गरेपनि गाउँमा कहिल्यै नपुगेको उनीहरुको गुनासो छ। 

साथै एकडाँरा गाउँका स्थानीय राजनीतिमा नयाँ अनुहार आएकोमा भने आशावादी देखिए । आफ्नै गाउँको छोरा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि एकडाँराका स्थानीय पनि हर्षित छन् । निर्वाचन हुनुभन्दा केहि पहिला गाउँ पुगेपनि निर्वाचित भएपछि बालेन गाउँ गएका छैनन् । 

रास्वपाका सभापति लामिछाने सहित सबै नेताहरु अहिले मधेशमा छन् । सोमबारबाट  केन्द्रिय समिति  र संसदिय दलको बैठक सुरु भएपनि लामिछाने भने गत शुक्रबारबाटै मधेशका विभिन्न भेलाहरुमा सहभागी भैरहेका थिए । 

बुधबारसम्म चल्ने बैठकमा पार्टी र नेताहरुको समिक्षा, दस्तावेज माथि छलफल, महाधिवेशनको प्रक्रिया तथा नेताहरुको भुमिका हेरफेर समेत गर्ने  जनाइएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...